सांगितिक यात्राको औपचारीक थालनी आर सी.ले गरे काँग्रेसको गित गाएर भिडीयो सहित

ZEN Travels

१४ बर्षको अनौपचारीक साँगीतिक यात्रा गरेका पर्वतका आर सी पौडेलले औपचारीक यात्रा अर्थात पहिलो पटक नेपाली काँग्रेस पर्वतको चुनावी गितको एल्वममा स्वर दिएर गरेका छन ।

२०६० सालमा विद्यालय जिबन बाट सामान्य दोहोरी गाउन सिकेका आर सी ले विस्तारै थुप्रै मेला महोत्सवमा दोहोरी प्रतियोगिको रुपमा भाग लिदै दजनौ अवार्ड हात पारे पनि अहीले सम्म कुनै पनि एल्वममा आफ्नो स्वर भने दिएका थिएनन ।

पर्वत जिल्लकै दोहोरी क्षेत्रमा अब्बल मानीने कलाकार पौडेल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पर्वतको २०६१–६७ मा सदस्य,२०६७–७०मा सचिव तथा २०७०–७३का लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए र हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्य समिति धौलागिरीका दित्तीय उपाध्यक्ष समेत छन ।

२०५८ साल देखी नेपाल विद्यिार्थी संघको राजनितीमा समेत सक्रिय रहदै आएका पौडेल हाल नेपाल विद्यार्थी संघ पर्वतका उपसभापति तथा नेपाली काँग्रसका क्रियाशिल सदस्य  समेत हुन । उनले हाज मात्रै प्रकाशन गरेको नेपाली काँग्रेस पर्वतको चुनावी गितमा राष्ट्रिय तथा स्थानिय दुवै तर्फ समेट्ने गहकीला सब्द प्रयोग गरीएको छ ।

 ठुला ठुला आन्दोलनका संबहाक काँग्रेस थियो।

लोकतान्त्रीक संविधान पनि काँग्रेसले नै दियो ।

पर्वतमा वुद्वीजिवी,शालीन प्रभावशाली

अर्जुन नवराज राजेन्द्रलाई जिताउ भोट हाली

लगाएतका गहकिला सब्द सामेटीएको सुमधुर भाकामा प्रकाशन गरीएको उक्त एल्बमा चर्चित कलाकार विमलराज क्षेत्री, र रितु थापाले स्वरमा साथ दिएका छन भने सब्द रचना नेपाल विद्यार्थी संघ पर्वतकी महाधिवेस प्रतिनिधी पुजा कार्की शमाले ले गरेकी हुन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला