आकासियो प्याजको भाउ,प्रतिकिलो प्याजको मूल्य एक सय २० नेपाली रुपैयाँ

ZEN Travels

काठमाडौं ,१२ मंसिर ।

भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ।

गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते (३१ डिसेम्बर) सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला