एशियाकै अग्लो बञ्जीजम्प पर्वतमा,मंसिरको अन्तीम सातावाट संचालनमा आउने

ZEN Travels

रामकृष्ण लामिछाने पर्वत ,१३ मंसिर ।

पर्वतको परिचय अग्ला पुलहरुले बनाउदै गएको बेला अहिले बञ्जीजम्पले अर्को परिचय दिने भएको छ ।

पर्वतमा अव बञ्जीजम्प एक आर्कषणको केन्द्रविन्दु बन्नेभएको छ । कालीगण्डकीको मुख्य केन्द्रविन्दुको रुपमा स्थापीत हुन लागेको यो बञ्जीजम्प बिश्वको दोस्रो अग्लो र एशियाकै अग्लो बञ्जीजम्प हो ।

हिस्रङ सिष्टमवाट निमार्ण गरिएको बञ्जीजम्प २५० मिटर अग्लो छ । यही मंसिरको अन्तीममा संचालनमा आउन लागेको बञ्जीजम्पले पर्वतमा पर्यटक थुप्रै मात्रमा भित्राउने अनुमान छ । यो बञ्जीजम्प भोटेकोसी भन्दा ६५ मिटर अग्लो छ ।

बञ्जी र स्वीमीङका लागी बनाइएको पुलमा दैईटा ठुलाठुला एडभर्सज रहेको ब्यवसायी राजु कार्काको भनाई छ । यसमा चार देखी पाँच सेकण्ड सम्मको फ्रीफल हुने अर्का व्यवसायी युवराज जोशीको भनाई छ ।

यो संगै बञ्जीखेलमा रम्न र खेल्न आउने पर्यटका लागी बलेवाको पार्कमा रिर्सट निमार्ण कार्य समपन्न हुन लागेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला