थप १० वर्षमा खाद्यान्नको मूल्य २५ प्रतिशतले बढ्ने

ZEN Travels

काठमाडौं,१७ मंसिर ।

मुलुकमा आगामी १० वर्षमा खाद्यान्नको मूल्य औसतमा २५ दशमलव ४९ प्रतिशत बढ्ने अनुमान गरिएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

आपूर्ति मन्त्रालयले रिसर्च इक्वेल प्रालिमार्फत गरेको एक अध्ययनले त्यस्तो देखाएको हो । उक्त अध्ययन प्रतिवेदन सो संस्थाले केही दिनअघि मन्त्रालयमा प्रस्तुत गरिसकेको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयका अनुसार मलुकको भौगोलिक अवस्था, आपूर्तिसम्बन्धी असमान पूर्वाधार, वस्तुसम्बन्धी कमजोर जचेतनालगायत कारणले चामल, नूनजस्ता वस्तुको आपूर्ति व्यवस्था खर्चिलो र जोखीमपूर्ण भएकाले मूल्य वृद्धि हुने आकलन गरिएको हो ।

यातायातको असुविधा र आपूर्तिमा समस्या हुनेलगायत कारण सो अवधिमा मुलुकभित्र खाद्यन्नको मूल्य वृद्धि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला