साइप्रसमा साकेला उधौली धुमधामका साथ मनाइयो

ZEN Travels

रिङ्कु श्रेष्ठ
 
साइप्रस । किराँती राई सेवा समाज साइप्रसले आयोजना गरेको साकेला उधौली पर्व साइप्रसमा एक विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
 
जन्म भूमीबाट सयौं किलोमिटर टाढा कर्मभुमीमा बस्दै गरेका राई बन्धुहरुको घरको नियास्रोलाई भुलाउने उद्धेश्यका साथ किराँती राई सेवा समाज साइप्रसले गत आइतबार डिसेम्बर महिनाको ३ तारिखका दिन आयोजना गरेको साकेला उधौली सभ्य र भव्य तरिकाले मनाइएको जानकारी आयोजकले गराएको छ ।
 
कार्यक्रमलाई सफल पार्न अहम भुमिका खेल्नुहुने उपस्थित पाहुना तथा नेपाली दिदीबहिनी दाजुभाइ लगायत एनआरएनए अध्यक्ष सुवास मल्ल, चितवन सेवा समाज साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, तमु समाज साइप्रस अन्र्तराष्ट्रिय कलामन्च,नवप्रगतिशील मन्च साइप्रस, लिम्बु समाज, प्रत्रकार लगायत विदेशी साथीहरुलाई समाजले धन्यवाद दिएको छ ।
 
साथै कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन आआफ्नो कलाकौशल प्रस्तुत गर्ने कलाकारहरुलाई पनि समाजले धन्यवाद दिएको । कार्यक्रममा उपस्थित सबै पाहुनाहरुलाई खानाको व्यवस्था समेत गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला