मतदाता परिचयपत्र नभएपनि यसरी गर्न सकिन्छ मतदान

ZEN Travels

काठमाडौं,मंसिर २० ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतजदाताले मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाउने भएका छन् ।

आयोगका अनुसार मतदाताको नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न पाइने भएको छ ।

परिचयपत्रका साथै नागरिकता, राहदानी वा सरकारी मान्यताप्राप्त परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने भएको छ । तर यसका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला