त्रिशूलीमा ट्रक खस्यो, एकजनाको मृत्यु

ZEN Travels

धादिङ,  २० मंसिर। पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार बिहान त्रिशूली नदीमा खसेको जनाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला