प्रदेश राजधानी चाँडै : प्रधानमन्त्री देउवा

ZEN Travels

डडेल्धुरा,२१ मंसिर  – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले त्यो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौं फर्किनुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला