१७ मलामीले गरे पाल्पामा मतदान

ZEN Travels

पाल्पा, मंसिर २१ । पाल्पाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट, सुरुङडाँडाकी ८५ वर्षीया टकिसरा सिंजालीको बिहीबार मृत्यु भएको थियो ।

मलामी जानुअघि उनीहरुले स्थानीय महेन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला