इन्धनमा मात्रै नेपालले मासिक ४२ करोड घाटा बेहोर्छ

ZEN Travels

काठमाडौं,२ पौष ।

नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो । नागरिक दैनिकमा समाचार छ ।

डिजेल र ग्यासमा घाटा खाएर बेच्नु पर्दा निगमले घाटा बेहोर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बढाएको मूल्य अनुसार समायोजन गरे पनि ग्यास प्रतिसिलिन्डर दुई सय २६ रुपैयाँ ७७ पैसा, डिजेल प्रतिलिटर दुई रुपैयाँ ७४ पैसा घाटा रहेको गोइतले बताए ।

यसलाई आधार मान्दा ग्यासमा मासिक ५४ करोड १० लाख, डिजेलमा ३८ करोड ६६ लाख रुपैयाँ घाटा थियो । तर, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसाका दरले मासिक ६ कारोड ३६ लाख रुपैयाँ, मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ ३२ पैसाका दरले हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसाका दरले सात करोड ५२ लाख, अन्तराष्ट्रियतर्फ २४ रुपैयाँ ८९ पैसाका दरले ३४ करोड रुपैयाँ नाफा रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला