चर्चित गायक प्रमोद खरेलको नयाँ गीत दन्तैमाको चौतर्फी चर्चा, भिडियो सार्वजनिक गरे लगत्तै पर्यो ट्रेन्डिगंमा

ZEN Travels

काठमाडौँ । गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा डिआइडीका सुनिल क्षत्री र प्राञ्जली सापकोटा सहित ‘नेपाली ठिटोज’ समुहको नै धमकेदार अभिनय रहेको दन्तैमाको भिडियो ट्रेन्डिगंमा परेको छ ।

छोटो समयमा नै भिन्न शैलीका गीत संगीत दर्शक श्रोतालाई पस्किन रुचाउने गायक प्रमोदको भिन्न शैलीको गीतमा नेपाली ठिटोजको कोरियोग्राफी रहेको भिडियो यो समाचार तयार पार्ने बेला सम्म करिब १ लाख २० हजार पटक हेरिएको छ भने ट्रेण्डिगं नम्बर १४ मा पर्न सफल भएको छ ।

जसमा डिपी खनालका शब्द शृजनामा शंकर थापा स्माइलको कम्पोज रहेको छ ।

उदयराज पौडेलले एरेन्ज गरेको गीत स्टुडीयो साउण्ड मिलमा रेर्कड गरिएको हो । गीतलाई सुनील क्षत्रीले निर्देशन गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला