अभियानमा जोडिन पाउँदा खुशी छु भन्छीन रेखा थापा

ZEN Travels

बाँके,  ७ पुस ।

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बालविवाह अन्त्य र साझा संकल्पमा जोडिएकी नायिका रेखा थापाले  चलचित्रमा अभिनय गरेर टप हिरोइन हुनुभन्दा पनि अभियानमा जोडिन पाएकोमा बढी खुशी लागेको बताएकी छिन् ।

नेपालगन्जमा शुक्रबार भएको संकल्प अभियानमा सहभागी हुनुअघि पत्रकारहरुसँगको अन्तरक्रियामा नायिका थापाले भनिन्, ‘फिल्ममा हुँदा प्रमुख उद्देश्य टप हिरोइन बन्छु भन्ने हुन्छ, अब यो अभियानमा जोडिएपछि बालविवाहरहित नेपाल बनाउने प्रमुख उद्देश्य भएको छ ।’

नायिका थापाले  बालविवाहविरुद्दको अभियानमा जोडिन पाएकोमा सबैभन्दा बढी खुशी लागेको पनि बताइन् ।  आफूले पनि त्यस्तै समस्या भोगेको बताउँदै रेखाले भनिन्, ‘सानो उमेरमा विवाह गर्नुको पीडा भोगेका कारण मलाई बालविवाहविरुद्धको अभियानले सबैभन्दा बढी खुशी दिएको छ ।’

बालविवाहविरुद्वको अभियानमा बीचमा नछोड्ने उनले बताइन् । अभियन्ता नरबहादुर कार्कीले  नेपालको सामाजिक परिवेशमा अहिले पनि छोरी भएर जन्मनुलाई अनुकुल नमानिने बताउँदै  बालविवाह मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । उहाँले यो अभियान कुनै व्यक्ति र सङ्घसंस्थाभन्दा पनि सबैको सामूहिक प्रयासबाट मात्रै हल हुन सक्ने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला