नेपाली जनसम्पर्क समिति नर्बेको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

ZEN Travels


नेपाली जनसम्पर्क समिति नर्बेको दोस्रो बार्षिक साधारण सभा नेपाली जनसम्पर्क समिति नर्बेका अध्यक्ष जितेन्द्र बिक्रम साहीको सभापतित्वमा ब्भब्य समारोहका बिच नर्बेको ओस्लोमा सम्पन्न भ​एको छ।जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष बिरेन्द्र सिह कार्कीको प्रमुख आतिथ्य, गैर आवासीय नेपाली संघ नर्बेका अध्यक्ष संजीब कुमार थापाको बिशिष्ट आतिथ्य तथा नर्बेमा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधिको आतिथ्यमा भब्य समारोहका बिच २४ डिसेम्बर, २०१७ आइतबार ओस्लोको रोम्सोसमा सम्पन्न भयो।
कार्यक्रम संयोजक एबं नेजस नर्बेका बरिष्ट उपाध्यक्ष सुदीप राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभयो।नेजस नर्बेका महामन्त्री कबिन्द्र ढकालले कार्यक्रम संचालन गर्दै नेजस नर्बेले गरेका कार्यक्रम प्रस्तुत गर्नुभयो।कार्यक्रममा नेजस नर्बेका सह​- महामन्त्री सूर्य प्रसाद सुबेदीले स्वागत मन्तब्य दिनुभयो भने नेजस नर्बेका सदस्य मोहन केसीले बर्षिक आय ब्ययको प्रतिबेदन सार्बजनिक गर्नुभ​एको थियो। बक्ताका रुपमा नेजस नर्बेका पुर्व अध्यक्ष जीवन बहादुर साही र बर्तमान उपाध्यक्ष केशब पुरी ज्युले सम्बोधन गर्नुभयो। बक्ताहरु सबैले कार्यक्रमको सफलताको लागि सुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा आलिया काफ्ले, दर्शिका महत, साया श्रेष्टले आकर्षक नृत्य प्रस्तुत गर्नु भ​एको थियो भने बाबुराम भुषाल र गंगा प्रसाद घिमिरेले सुमधुर स्वरमा गायन प्रस्तुत गर्नुभयो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा नाट्क सम्वाद केशव भट्टराई र आबिष्कार बास्तोलाको रहयो।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा खुल्ला सत्रको समापनको घोषणा गर्ने क्रममा सभाध्यक्ष जितेन्द्र बिक्रम साहीले नर्बेको आगामी कार्ययोजनाको प्रकाश पार्दै नेजस नर्बेलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्नुभयो भने प्रमुख अतिथि बिरेन्द्र सिह कार्कीले नेपाली काँग्रेसले भोग्नु परेको पराजयको समिक्षा गर्दै उचीत सल्हाह र सुझाब केन्द्रीय कार्यसमितिलाई दिनका लागी युरोप स्थरीय भेलाको आयोजना गर्ने र त्यसको आयोजन नर्बे, स्बिडेन र डेनमार्कले गर्नुपर्ने बताउनु भयो। बक्ताका रुपमा नेजस डेनमार्कका उपाध्यक्ष गोबिन्द पौडेल र सदस्य ऐबं खेलकुद सम्योजन श्रीहर सिलवालले नेजस नर्बेको खुलेर प्रशंसा गर्नुभयो। कार्यक्रमको दोस्रो चरण बन्द सत्रमा नेजस नर्बेको आन्तरिक बिषय एबं नेपाली काँग्रेसले प्राप्त गरेको निर्बाचन परिणामको गंभीर समिक्षा भयो।
कार्यक्रममा नेजस नर्बेको देउसी भैलो कलाकार, सहभागी , भलिवल र डोरि तान्ने खेलमा बिजय प्राप्त गर्ने खेलाडि एबं कार्यक्रमका कलाकारलाई प्रशंसा पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला