दुग्ध वर्षेनी ९१ अर्बको बिक्छ

ZEN Travels

चितवन १४ पौष ।

मुलुकमा वार्षिक ९१ ९१ अर्बको रुपैयाँको दुग्ध बिक्री हुने गरेको छ । त्यस मध्येको १२ अर्ब रुपैयाँ ग्रामीण भेगका किसामनको हातमा पुग्ने गरेको छ ।
नेपाल डेरी एशोसिएसनले १९औँ साधारण सभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा विहीबारआयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दुग्ध उत्पादन हुने गरेको जानकारी गराए । महासचिव दाहालका अनुसार किसानले दुग्धमा प्रतिलिटर ५२ रुपैयाँ पाउँछन् । उद्योग र डिलर हुँदै उपभोक्ता समक्ष आइपुग्दा दुग्धको मूल्य प्रतिलिटर ७० रुपैयाँ पुग्ने गरेको छ ।

एशोसिएनसनका अनुसार मुलुकमा ४ लाख ५० हजार दुग्घ कृषक छन् । डे।री उद्योगमा २० हजार भन्दा बढीले जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । किसानले उत्पादन गर्ने दूध मध्ये १५ प्रतिशतमात्रै डेरीमार्फत बजारमा पुग्छ । ३५ प्रतिशत कृषकले सोझै उपभोक्ता समक्ष पु¥याउँछन् । ५० प्रतिशत किसान दुग्घ किसान आफैले खान्छन् ।

एशोसिएसनका अध्यक्ष सुमित केडियाले दुग्घ उत्पादनलाई प्रोत्साहित गर्न डेरी उद्योगलाई विद्युत् महसुलमा ५० प्रतिशत छुट दिनुपर्ने बताए । एशोसिएसनका अनुसार मुलुकमा साना र ठूला गरी २ सय डेरी संचालनमा छन् । दुग्ध उत्पादनमा १५ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला