ठुलो चाहना र रहरमा मिडियाकर्मी भए तर निश्चित समयको मात्र भयो, त्यो दिनको याद आउँछ–संगिता के.सी

ZEN Travels

रामकृष्ण लामिछाने पर्वत ।

तश्विरमा देखिने नारी हुन संगिता के.सी । उनको घर पर्वतको चित्रेमा पर्दछ । बिगत आठ बर्ष पहिला उनले कक्षा ११ र १२ पढने समयको कुरा हो । पर्वतमा पत्रपत्रीका प्राय साप्ताहीकको बजार राम्रो थियो । बिस्तारै दैनिक पत्रीका र जिल्लामा एफ.एम रेडियोको स्थापना भयो । पर्वतमा संचार नेपाल नामको मिडिया संस्था स्थापना भयो र उसले रेडियो शालिग्राम २०६७ सालमा स्थापना ग¥यो । संचार आफैमा रेडियो निकै रुचाईएको मिडियामा व्यापक मानिने समय थियो उती बेला ।

बि.स २०६७ सालमा संचार नेपालले रेडियो शालिग्राम १००.६ मेगाहर्ज परिक्षण प्रसारणमा गुन्जायो ।रेडियो बजेको केही दिनमा पत्रकारीताको तालीम संचालन भयो । सो तालीमले एउटा नारी आवाजलाई स्थापना ग¥यो जस्को नाम हो संगिता के.सी । उनलाई सुरु–सरु का समयमा रेडियोमा कार्यक्रम संचालन गर्न अवसर दिईएको थियो । सुरुवात भन्दा दिनदिनै उनको कार्यक्रममा प्रगती हुदै गयो अनि बिस्तारै समाचारमा पनि प्रवेश भईन ,जुन समयमा रेडियोले बिहान ५ः३० बजे समाचार पढने प्रचलन सुरु गरेको थिएन । जव संगिता के.सीले समाचार पढन र लेख्न सक्ने भईन रेडियोले बिहान ५ः३० बजे समाचार प्रसारण आरम्भ ग¥यो । समाचार बाच्नको जिम्मा थियो संगिता के.सीको उनले समाचर पढने र आम धौलागीरीका जनतालाई सुसुजित गर्न काम गरिन ।

२०६७ साल देखि २०७३ साल पौष महिना सम्ममा उनले रेडियो शालिग्राममा काम गरीन । जव बिहानको पाँच बज्थ्यो गुनजन्थे रेडियोमा भजन अनि ५ः३० मा समाचार जस्मा संगिता के.सीको आवाज सजिने काम गर्दथ्यो । करिव सात बर्षको समयमा रेडियोमा समाचार बाचन र पत्रकारीता गर्ने समयमा उनले कार्यरत्त रेडियोलाई धेरै उचाईमा पु¥याउने काम र योग्दान गरिन । पत्रकारीतामा केहि नारी भए पनि समाचार बाचनमा उनको मात्र एकछत्र राज र प्रारम्म थियो । उनलाई प्रेस युनियन हरि–मखमली पत्रकारीता पुरसकार संचारमा छाप पारेको भन्दै प्रदान भयो ।


उनको बिबाह पछाडी आफ्ना श्रीमान गणेश बानियाँको साथमा जापान गईन । उनी जापान गएको झण्डै तेह्र महिना भयो आजको मिती सम्ममा । उनको बिदाईको क्षेणमा रेडियो संचालक देखि सहकर्मीको आँखा रसाउने क्षण थियो । उनीलाई भव्य कार्यक्रमका चिमा बिदाई गरियो ।यो क्षेत्रका आम स्रोताले उनको आवज एउटा आलर्म भयो । जसले हरेकलाई उठाउने र समाचारको माध्यमाबाट सुुसुचित गर्न काम ग¥यो । उनी संग गरिएको कुराकानीको संवाद यस्तो छ –

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला