बेल्जियममा पनि मनाईयो मेलमिलाप दिवस

ZEN Travels

स्विटजरल्याण्ड । नेपाली जनसम्पर्क समिती बेल्जियले ३१ डिसेम्बर अर्थात पुस १६ गतेको दिन पारेर नेपाली राजनितीका शिखर पुरुष , महानायक स्व: बि. पी कोईरालाको राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाएको छ , त्यसका साथ साथै अंग्रेज़ी नयाँ बर्ष २०१८ को उपलक्ष्यमा शुभ कामना आदान प्रदान तथा खानपिन र कलाकारहरुको उपस्थितीमा नाचगान सहित भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती श्रीमती सीता सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती बेल्जिय का संस्थापक अध्यक्ष ध्रुबराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने, नेपाल बिद्यार्थी संघका केन्द्रिय महामन्त्री आनन्द त्रिपाठी , एनआर एन आई सी सी सचिव जानकी गुरुंग संस्थाका पुर्व अध्यक्ष ईन्द्र क्षेत्रीय पकवान , निबर्तमान अध्यक्ष सन्तोष जोसी ( शुभाष) को बिशिष्ट आतिथ्यता रहेको थियो भने नेपाली काग्रेस महाधिवेसन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती बेल्जियमका अनुसासन समितीका संयोजक बलीराम झा , एनआरएन ए बेल्जियमका पुर्व अध्यक्ष प्रेम गुरुंग , जन प्रगतीशिल मंच बेल्जियमका बिर मान घर्ती मगर, राप्रपा नेपालका सचिन केसी, जन प्रगतीशिल मोर्चाका महासचिव माकुना राई, नेपाली जनसम्पर्क समिती स्वीजरल्यान्डका सहमहामन्त्री सरोज राज घिमिरे, एनआरएन ए बेल्जियमका उपाध्यक्ष तथा सांग्रिला समाज बेल्जियम का अध्यक्ष खड्ग के.सी, क्याट बेल्जियमका उपाध्यक्ष श्रीराम प्रसाई, पर्बत समाज बेल्जियमका अध्यक्ष झलक केसी, क्षेत्रीय समाज बेल्जियमकी महासचिव यशोदा थापा, नवलपरासी समाज बेल्जियमका महासचिव हरी सापकोटा , मोना बेल्जियमका पुर्व अध्यक्ष घनश्याम शाही , ब्रहकुमारी राजयोग केन्द्र बेल्जियमकी अध्यक्ष गीता लामा लगायत ले बि.पी मेलमिलाप निती को आजको आवस्यकता र सान्दर्भिकाको बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो भने उक्त कार्यक्रम सभापतीको आसन बाट बोल्दै संस्थाकी सभापती सीता सापकोटाले यो मेलमिलाप दिवसले हाम्रो पार्टी भित्रका केही आन्तरिक मनमुटाव र असहमती चिर्दै पार्टी एक ढिक्का बनाएर अगाडी लैजान प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष देवु शर्माले स्वागत मनतब्य ब्यक्त गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष कमल सिटौलाले कार्यक्रम संचालन गर्नु भएको थियो । गैरआवासिय नेपाली अन्तराष्ट्रिय समन्वय परिषदकी सचिव जानकीले नेपालमा वाम गठन भईरहदा यहॉ साथिहरु विभाजित भएको जस्तो हुदा दुख लागेको वताऊनु भयो । साथै उक्त कार्यक्रममा पत्रकार निलम घिमिरे, शेर बहादुर छन्त्याल लगायत बिभिन्न संघ संस्थाको उल्लेख्य उपस्थिती रहेको थियो ।सोही कार्यक्रममा गैर आवासिय नेपालीअंघ अन्तराष्ट्रिय समन्वय परिषदको गरिमामय सचिव पदमा निर्वाचित नेपाली जनसम्पर्क समिती बेल्जियमकी पुर्व सल्लाहकार श्रीमती जानकी गुरुंग लाई सम्मान गरिएको थियो। भने अंग्रेजी नयाँ बर्ष २०१८ को शुभ कामना आदान प्रदान एवं नाचगान सहितको सांस्कृतिक कार्यक्रमले उपस्थित सबैले भरपुर मनोरन्जन लिनु भएको थियो । नेपाली जनसम्पर्क समिति बेल्जियमका प्रबक्ता जगदीश सापकोटाले कार्यक्रम भब्य र सभ्य बनाउन साथ दिनु हुने उपस्थित यहाँहरु सबैमा धन्यवाद तथा आभार ब्यक्त गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला