फ्रान्समा पनि मनाइयो ‘खि ल्होसार’

ZEN Travels

फ्रान्स । तमु समाज फ्रान्सको आयोजनामा तमुहरुको राष्ट्रिय पर्व ‘खि ल्होसार’ भव्यताका साथ मनाइएको छ ।
समाजकी अध्यक्ष अनिता तमुस्यो सभापति रहेको उक्त ल्होसार कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइटेल मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।
 
समाजका उपध्यक्ष चित्र तमुको स्वागत मन्तब्य राहेको कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल, पाकोफनका संस्थापक अध्यक्ष सुमित्रा प्रधान, मगर समाज फ्रान्सका अध्यक्ष रमेश मगर तथा गोर्खा समाज फ्रान्सका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।
 
 दर्शकले खचाखच भरिएको   हलमा समाजका कलाकारहरुले सस्कृतिक कार्यक्रम र लाईभ म्युजिक प्रस्तुत गरेका थिए । समाजका खेलाडी तथा कलाकारहरुलाई सम्मान गरिएको उक्त कार्यक्रमको सन्चालन समाजका महासचिब श्रीप्रासद तमुले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला