एनआरएनमा महासचिव केसीको मनपरी, कर्मचारीलाई कार्यालय नआउन आदेश

ZEN Travels

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनका महासचिव डा.बद्री केसीले रुसमै बसीबसी संघको काठमाडौंस्थित कार्यालयमा मनोमानी गरिरहेको जानकारी प्राप्त भएको छ ।
                               भवन भट्टको अध्यक्षतामा एनआरएनको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) गठन गरेको दुई महिना पनि नबित्दै महासचिव केसीले कर्मचारी व्यवस्थापन नियमावलीमा जथाभावी परिवर्तन गरेका छन् । उनले जनवरी १, २०१८ देखि आफूलाई मन परेका कर्मचारीलाई ९५ प्रतिशतसम्म तलब वृद्धि गर्ने र केही कर्मचारीहरूको तलब घटाउने प्रस्ताव गरेका थिए । 
                                         कर्मचारीहरूले त्यसको कडा विरोध गरेपछि उनले वरिष्ठ कर्मचारीहरूलाई सोमबारदेखि कार्यालय नआउन मौखिक आदेश दिएका छन् ।
                       एनआरएनको अहिले ७१ मुलुकमा शाखाहरू फैलिएको छ । संघमा रातदिन काम गरिरहेका कर्मचारीहरूलाई केसीले थर्काउने, धाकधम्की दिने काम गरिरहेको एक कर्मचारीले बताए ।
उनको त्यस्तो कदमको बेल्जीयममा बस्ने संघकी सचिव जानकी गुरुङलगायत अन्य पदाधिकारीहरूले पनि विरोध गरेका छन् ।यसअघि शेष घलेले नेतृत्व गरेको कार्यकालमा पनि एनआरएन अमेरिकाको नेतृत्व चयन गर्ने विषयलाई लिएर महासचिव केसी विवादमा आएका थिए । पछि उनले सोही विषयमा माफी माग्नु परेको थियो ।
यसपटक उनलाई फेरि सोही पदमा जिताएर गल्ती भयो कि भन्ने पनि एनआरएनका कतिपय आइसिसि सदस्यहरुले टिप्पणी गरेका छन् । स्रोत – दैनिक नेपाल 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला