इन्टर कलेज फुटसलको उपाधि सिद्धार्थलाई

ZEN Travels

कपिल ज्ञवाली
बुटवल,२०  पुस  ।
नेपलीज स्टुडेन्ट क्लवको आयोजनामा बुटवलमा भएको ग्लोवल रिच इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ उच्च माबि शंकरनगरले जितेको छ ।
फाइनलमा सिद्धार्थले ६—१ गोल अन्तरमा नेपथ्य कलेज जानकीनगरलाइ उपबिजेतामा सिमित गरेको हो ।
क्लवले र्बािर्षक कार्यक्रम अनुसार फुटसलको आयोजना गरेको हो ।
प्रतियोगिताका बिजेता सिद्धार्थले नगद १२ हजार,शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।भने उपबिजेता नेपथ्यले नगद ८ हजार ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा बेस्ट प्लेयर बिपिन सुनार (नेपथ्य),बेस्ट गोल्कीपर दीपेन थापा (सिद्धार्थ) र बढि (९ गोल )गर्ने खेलाडिबाट प्रेम थापा (सिद्धार्थ) पुरस्कृत भए ।
क्लवका उपाध्यक्ष सागर अर्यालको अध्यक्षतामा भएको पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि ग्लोवल रिचका बिशाल श्रेष्ठ,एडुकेयरका करिष्मा पाण्डे , खेलकुद सल्लाहकार उमेश श्रेष्ठ लगायतले बोलेका थिए ।
रुपन्देहीका ८ कलेजको सहभागिता रहेको प्रतियोगिता तिलोत्तमाको योगिकुटीमा रहेको लुम्बिनी एरिना फुटसलको मैदानमा भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला