बागलुङ महोत्सवको खुल्ला महिला भलिबलको उपाधी दर्शन ट्रान्सफरको पक्षमा

ZEN Travels

बागलुङ,२२ पौष ।

बागलुङ महोत्सवको अवसरमा आयोजना गरेको खुल्ला महिला भलिबलको उपाधी दर्शन ट्रान्सफरले पाएको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । बागलुङ खेलकुद विकास संघलाई लगातार ३ सेटले पछि पार्दै दर्शन ट्रान्फर विजयी भएको हो ।

प्रतियोगिताको द्धितिय स्थान जिल्ला खेलकुद विकास संघले ओगटेको छ भने वाईसीएल बागलुङ तृतिय भएको । प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमस ७५ हजार ५ सय ५५, ३० हजार ५ सय ५५ र २० हजार पाएका छन । प्रतियोगिता सम्पन्न भए लगत्तै शुक्रबार नै पुरस्कार वितरण गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला