गजल-गुण्डा गर्दिले गर्दा मुर्ख पनि बलवान बन्न थाल्यो

ZEN Travels

गुण्डा गर्दिले गर्दा मुर्ख पनि बलवान बन्न थाल्यो
निर्धालाइ ध्वाँस दिदै आफु पहलवान बन्न थाल्यो

मतदान नहुन्जेल कुक्कुर देखे पनि हजुर भनि हिडथ्यो
मंदिर पाउने बित्तिकै ढुङ्गो पनि भगवान् बन्न थाल्यो

यो गर्छु उ गर्छु भनि फकाउँदै हिडेथ्यो गाउँमा जनता
न्यायको बलि दिदै सोहरदै आफै शैतान बन्न थाल्यो

चोर डाँका सबै सभासद भइ पुगेछन पार्लियामेन्टमा
नेताको नकाब लगाई भलादमी इन्शान बन्न थाल्यो

जनताको फिक्री छ कसलाई आफ्नै मात्र झोला भर्दैछन
सिध्दयाइ देशको ढुकुटी सबै आफै धनवान बन्न थाल्यो

हरि पौडेल
नेदरल्याण्ड

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला