चलचित्र प्रर्दशन हुनै लाग्दा आफ्नी प्रेमीकासँग रोमान्स गर्दागर्दै भेटीए नायक सोहम

ZEN Travels

काठमाडौं । नायक सोहम भेटवाल सुन्दरी मोडल एलिना रायमाझीसँग दामनको एकान्तमा रोमान्स गर्दागर्दै भेटीएका छन् । भिन्न खालको कथामा काम गर्न रुचाउने नायक सोहमले अभिनय गरेको चलचित्र शिवम प्रर्दशनको तयारीमा रहेका बेला उनको गीत ‘मुटुको धुढधुकी’ युटयुवमा सार्वजनिक भएको छ ।

चर्चित गीतकार नृपेश उप्रेतीले सिर्जना गरेको उक्त गीतको म्युजिक भिडियोमा सोहम र एलिनाको कलात्मक नृत्य देख्न सकिन्छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुन सापकोटाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने भिडियोलाई निर्देशक सोम कुस्कुमाझीले निर्देशन गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला