यौन सन्तुष्टिका लागि लिङ्गको आकार कस्तो हुनुपर्छ ?

ZEN Travels

काठमाडौं ।

यौन जीवनमा लिङ्ग एक विशेष अङ्ग हो र यो अङ्ग मानवशरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्व बढी छ ।

वात्सायनले नापअनुसार लिङ्गलाई खरायो, वृष (साँढे तथा अश्व) घोडा तीन वर्गमा विभाजित गरेका छन् ।

सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरै जसोको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशत जतिको लिङ्ग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ ।

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरङ्ग सम्बन्ध राख्छ । यौन चरमसुखका लागि ठूलो र लामो लिंग आवश्सक पर्दैन । यौन सुखका लागि व्यक्ति पहिले मानसिक रूपमा नै त्यसका लागि तयार हुनु आवश्यक छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सकिने हो । अर्को कुरा तपाइले महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो । प्रायजसो महिलाले यही अङ्गको घर्षणबाट नै यौन सन्तुष्टि प्राप्त गर्छन् ।

महिलाको योनिको भित्री भाग नभै बाहिरी–योनिद्वारनिरको भाग यौन संवेदनशील हुन्छ ।

सामान्यतया महिला तल र पुरुषमाथि भएर गरिने यौनसम्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण गर्दैन । लिङ्गको लम्बाइ वा मोटाइ बढाए पनि यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन बरु त्यसका लागि एकातिर तपाइको लिङ्गभन्दा औंला नै बढी सहयोगी सावित हुनसक्छ । एजेन्सी

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला