पाँच करोड कमिशनको चक्करमा आरजु

ZEN Travels

काठमाडौं  २५ पौष ।

संसदीय निर्वाचनमा सर्मनाक पराजय भोगेर पनि सत्तामा टाँस्सिरहनुको रहस्य खुल्दै जान थालेको छ । निर्वाचनका नाममा ठूला कम्पनीलाई ठेक्का दिने बचन दिएर करोडौं चन्दा असुलेकी प्रधानमन्त्रीपत्नी आरजु देउवाले प्रदेश नं. १, २ र ३ को सँग जोडिएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर जोड्ने ठेक्का हुवावे कम्पनीलाई दिन अझै दबाब दिएको स्रोत बताउँछ ।
पूर्व सञ्चारमन्त्री शेरधन राईले नेपाल दूरसञ्चार प्राधिकरणको कोषबाट ग्रामिण दूरसञ्चारका लागि  बजेट छुट्याएका थिए । दूरसञ्चार प्राधिकरण ऐनको ०५३ दफा २० बमोजिम पूर्वमन्त्री राईले उक्त काम गर्नका लागि ४ अर्ब ८८ करोड बजेट विनियोजन गरेर काम सम्पन्न गर्न नेपाल दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको थियो । पूर्वमन्त्री राईले निर्देशन दिएको डेढ वर्षसम्म पनि उक्त काम सम्पन्न नहुनुमा प्राधिकरण अध्यक्ष दिगम्बर झा जिम्मेवार छन् । झाले सरकार परिवर्तन हुनासाथ आफ्नो कुर्ची जोगाउन आरजु राणालाई ठूलै प्रलोभन दिएको कारण यो परियोजना अलपत्र परेको हो ।
समाचार स्रोतको अनुसार पूर्वविनियोजित ४ अर्ब ८८ करोडको बजेट सीमामा रहेर नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणमा ‘स्पेसिकेशन’ बुझाए पनि अध्यक्ष झाले चीनको हुवाई कम्पनीसँग मिल्दोजुल्दो ‘स्पेसिकेशन’ बनाउन टेलिकमलाई दबाब दिएपछि टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी तनावमा परेकी छिन् । झाले भनेझै हुवाई कम्पनीलाई मिल्दोजुल्दो ‘स्पेसिकेशन’ बनाउँदा उक्त परियोजनाको लागत करिब ७ अर्ब ८८ करोड हुन आउँछ । जुन कुरा नेपाल टेलिकमको बोर्डले समेत अस्वीकृत गरेको छ । पूर्व विनियोजित बजेटभन्दा दोब्बर मूल्य बढाइएपछि बोर्डले त्यो अस्वीकृत गरेकै कारण सञ्चार सचिव महेन्द्रमान गुरुङलाई सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिदाई गरेका छन् । गुरुङलाई बिदा गरेरयो काम फत्ते गर्न मन्त्री बस्नेतले केदार अधिकारीलाई ल्याएका छन् ।
एउटै परियोजनाबाट चार करोडभन्दा बढी कमिशन खाने सपना पूरा नभएकै कारण देउवाले राजीनामा नदिएका हुन् । यो काम फत्ते गर्ने शर्तमा देउवाले झालाई एक कार्यकाल म्यादसमेत थपिदिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । तर, अख्तियार समेत मौन हुँदा प्राधिकरणका भ्रष्टहरुको मनोबल बढेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला