परिश्रमी पाँच भाई ,आरन पेशावाट मासिक एक लाख आम्दानी

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत २६ पौष ।
“जसले मह काट्छ उसले हात चाट्छ ”भन्ने उदाहारण अहिले पर्वतको एउटा परिश्रमी परिवारले पुष्टी गरेको छ ।

बि.स २०५६ सालमा आफ्ना पुर्खाको पेशलाई धान्दै आएको पर्वतका एक दलित परिवारले मासिक एक लाख आरान पेशावाट आम्दानी गरेका छ । आफ्ना पिता रेश बि.कले परिवारको र आफ्नो जिविकोपार्जन गर्नलाई आरन पेशा अंगालेका थिए । आफ्ना बाबाको साथमा सहयात्री बन्दै जेठा छोराले बाबाको सहयात्री बन्दै जाँदा आरान पेशको ज्ञान लिएको अनुभव सुनाउछन ।

पर्वतको कुश्मा नगरपालीका सातमा रहेको रेश्म आरान उद्योगमा पछिल्ला बर्षमा एउटै घरका पाँच दाजुभाईले पनि पुर्खाको पेशालाई निरन्तरता दिएका छन । प्रकाश बि.क,बिकास बि.क,बिजय बि.क,बलराम बि.क र रमेश बि.क यस उद्योगका संचालक मात्र होईन आफै कामदार पनि हुन ।

उनीहरुले सो उद्योगबाट दैनिक रुपमा आँसी,बाउसो लगायतका दैनिकीमा प्रयोग हुने भाडाकुडा निमार्ण गर्दै राम्रो आम्दानी पनि गरेका छन । शुरु–शुरुमा उनीहरुले आँसी,बाउसो कुटो ,कोदालो लगायतका भाडाकुडालाई मर्मत गर्न काम गदर्थे बिस्तारै आएर आफैले नयाँ दैनिक रुपमा प्रयोग हुने यी र यस्ता समाग्री निमार्ण समेत गर्दै आएका छन । पवर्त जिल्ला,बागलुङ मात्रै नभई म्यागदीवाट समेत आरन उद्योगमा सेवा लिन आउने किसानहरुको रेश्म आरान उद्योगमा घुईचो लाग्ने गर्दछ ।

“मैले स्नातक गरेको छु तर मैले यो कामलाई कहिलेहि सानो भनिन् र आज यो पेशा मैले पनि दाईहरु संग मिलेर गरे अहिले राम्रो आम्दानी गरेको छु” भन्छन रेश्म आरन उद्योगका कान्छा भाई डम्बर बि.क । पर्वतका अन्य आरन पनि नभएका भने होईन्न तर यो आरन एउटै परिवारको परिश्रममा संचालन हुनु र परिवार सवैको साथ हुनुले नै सवैको आँखामा बसेको छ ।

 

यो पेशाबाट अहिले हामी सवैले परिवार संग उनीहरुका दैनिक आवस्यकता समेत पु¥याएका छन । काम सानो ठुलो भन्ने हुदैन भन्ने उदाहारण यो पेशा संचालक र कामदारहरुवाट लिन सकिन्ने यहाँका बिज्ञहरुको भनाई रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला