कुलतमै सक्छन् नेपालीले २२ अर्ब

ZEN Travels

काठमाडौं २७ पुस  ।

लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् ।कारोबारमा समाचार छ ।।

गाँजा,चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् ।

दुव्र्यसनीले वार्षिक लागूपदार्थ सेवनवापत खर्च गर्ने रकम आर्थिक वर्ष २०७४। ७५ को वार्षिक बजेटको २ प्रतिशत हिस्सा बराबर हुन आउँछ । यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्चबाहेकको हो । सुधार गृहमा भएका दुर्व्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

सुधार गृहमा उपचाररत एक जना दुर्व्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला