व्यावसायी गौचनको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्रा

ZEN Travels

काठमाडौं,२७ पुस ।

निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सूर्य बाजी, उदयपुरका राजकुमार शाह र सिरहाका श्याम गुप्ता रहेका छन् ।

गत असोज २३ गते भएको गौचनको हत्यामा उनीहरुले सहयोगीको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोले मुख्य योजनाकार समीर मान सिंह बस्न्यातसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला