चर्चित गायिका जुना प्रसाईको नयाँ गीत ‘तारा बाजी लै लै’को चौतर्फी चर्चा (भिडियो)

ZEN Travels

काठमाडौँ । चर्चित गायिका जुना प्रसाईको नयाँ गीत तारा बाजी लै लै सार्वजनिक भएको छ । बचपनालाई झल्काउने तारा बाजी लै लै हरेक ब्यक्तिको गाथा र कथा भएको र हरेकले भोग्ने समय र काललाई रमाइलो तरिकाले भिडियोमा उतारिएको छ । नदेखेको भए हुन्थ्यो तिमीलाईकी गायिका जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छिन् ।

सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको गीतलाई युवराज वाईवाको निर्देशन गरेका हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला