विश्व साईकल यात्रामा निस्कनु रहर होईन– गणेश के.सी अन्तर्बाता सहित भिडियो कुराकानी

ZEN Travels

 

प्रस्तोता रामकृष्ण लामिछाने

हरेक मानिसका आफ्ना आफ्ना सपना हुन्छन बेग्ला–बेग्लै सपना बोकर मानिसहरु यो संसारमा दौडीरहेका छन । कसैले अघुद सम्पति कमाउने,कसैले नाम संगै दाम कमाउने रहर हुन्छ । यी सवैले देख्ने फरफरक सपना भन्दा केही फरक सपना बोकेर पर्वत पाङराङमा आज भन्दा ३८ बर्ष पहिला जन्मेका ब्यत्ति हुन गणेश के.सी । जव नेपालमा भुकम्प गयो,यहाँका करिव नौ हजार जना नागरीकको ज्यान गयो । कतिले रगतको अभावमा उपचार पाएन्न,कतिले रगत दिन चाहेन्न ।यो तितोसत्य उनको मनस्पटलमा घुमीरहेको थियो एकपछेमा भने अर्को पक्षमा नेपालको सौन्दर्यता अव छैन भन्ने चिन्ताले व्याकुल भएका के.सी पुर्वी नेपालका साथीको सल्लाह र सुझाव बोकेर साईकल यात्रा गर्न निणर्य गरे । उनीहरुको सल्लाहमा रगतदान गरौं भन्ने एउटा विश्व सन्देश र नेपालमा भ्रमणको लागि जान सुरक्षित छ भन्ने लाग्यो र उनले साईकल यात्रा गरे ।आजसम्म साईकल यात्रा गरेको झण्डै तेह्र महिना भयो । उनीहरुले बिश्वका ४२ बटा राष्ट्रको साईकल यात्र सकेर अहिले अमेरीकामा छन । साईकल यात्रामा रहेका गणेश संग मेरो जिल्ला डट.कम अन्लाईनले गरेको संवाद यस्तो छ –

व्लड साईकलिष्ट गणेश के.सीलाई मेरो जिल्ला डट.कममा स्वागत छ ?

–मेरो जिल्ला डट.कम परिवार र सम्पुर्ण पाठकवर्गलाई धन्यवाद छ ।

के सोचले विश्व साईकल यात्रामा निस्कनु भयो ?

–जव नेपालमा भुकम्प गयो,नेपालका करिव नौ हजार जना नागरीकको ज्यान गयो । कतिले रगतको अभावमा उपचार पाएन्न,कतिले रगत दिन चाहेन्न ।यो तितोसत्य मेरो मनस्पटलमा घुमीरहेको थियो भने अर्को पक्षमा नेपालको सौन्दर्यता अव छैन भन्ने हल्ला विश्व समाजमा फिजाईयो तो चिन्ताले व्याकुल भएका थिए र पुर्वी नेपालका साथीको सल्लाह र सुझाव बोकेर साईकल यात्रा गर्न निणर्य गरे । हाम्रो सल्लाहमा रगतदान गरौं भन्ने एउटा विश्व सन्देश र नेपालमा भ्रमणको लागि जान सुरक्षित छ भन्ने लाग्यो रे साईकल यात्रा गरेका हुँ । करिवा ४२ बटा राष्ट्रमा यात्रा सकेर अहिले हामी अमेरीकामा छौ ।

रक्तदान गर्दै जानुभयो त ?

– हाम्रो मुख्य चाहना रक्तदान र भुकम्प पछि नेपालमा सुरक्षित भ्रमण छ भन्ने सन्देश फिजाउनु थियो । सोही अीभियान बोकेर हिडे पछि बोलेको काम ग¥र्नैप¥यो नि मैले अहिले सम्म ६ पटक र मेरो साथीले २३ पटक सम्म रक्तदान ग¥यौ र रक्तदान गरौं भन्ने अभियान छर्दै हिडेका छौ ।

नेपालमा भुकम्प पछि भ्रमणमा जान हुन्न् भन्ने गलत म्यासेज थियो नी बिदेशीमा ?

– राम्रो प्रश्न गर्नुभयो ।आम विश्वको ४२ राष्ट्रमा रहेका नागरीमा हामीले भुकम्पका कारण नेपालमा घुम्न जान हुन्न भन्ने सन्देश जुन थियो त्सलाई केही मात्रमा मेटाएका छौ ।संचार माध्याम संगै हामी पनि नेपाल घुम्न जाउँभन्ने सन्देश बाँडदै हिडेका छौ,सायद नेपाली भुमिमा बिदेशी पर्यटकको मात्र पक्कै बिद्धि भएको होला ।

नेपाल सरकारबाट कुनै सहयोग पाउनुभयो ?

–हाम्रो सरकारबाट हामीले कुनै पनि साहेता पाएनौ मात्र हातमा एउटा भ्रमणमा जाने भन्ने निवेदनपत्र पायौ अरु बास्ता भएन ।हामी ब्यक्तिगत भन्दा पनि नेपालकै नाम र शान बढाउनकै लागि यो यात्रामा धेरै कठिन मोलेर निस्केका थियौं,हामीले यात्रा गर्दा पानी पनि पिउन पाएनौ,तिर्खा लाग्दा थुक निल्यौ ,जाडोमा कठिङग्रीदै यात्रा पार ग¥यौ ।

मनवता जागृत गर्ने जिम्मा हाम्रो होईन र ?

–अर्को जायज प्रश्न ।हामीले सधै सरकारको मुख ताकेर बस्यौ भने कहिलेही प्रगती हुदैन भन्ने मलाई लाग्छ ।हामी सक्रात्मक रुपमा देशले मलाई के दिन्छ होईन मैले देशलाई के दिन सक्छु भनेर अगाडी बढयौं भनेमात्र सिंगो समाज,देश र राष्ट्र परिवर्तन होला नत्र त्यस्तै हो भन्ने मलाई लाग्छ ।

अन्तयमा कहिले नेपाल आउने ? र पाठकलाई केही भन्नु छ ?

–अव चाँडौ नेपाल आउँछौ हामीले भोगेका धेरै कुराकानी शियर गरौला ।पाठकलाई त्यही हो फेरी भन्छु मैले देशलाई के दिन सक्छु भनेर अगाडी बढयौं मात्र आफ्नो र देशको बिकास हुन सक्छ । मेरो जिल्ला डट.कम र रामकृष्ण जी यो मेरो अनुभव प्रकाशन गर्नुभयो तँपाईलाई झन विशेष धन्यवाद छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला