पत्रकार साजन परियार चाहेर पनि उनको हुन नसकेको सत्य कथा………………

ZEN Travels

साजन परियार, पर्वत ।

प्रिय माया सञ्चै छौ होला । नभएपनि आरामताको कामना गर्छु । हिजो आज तिम्रो यादले धेरै सताएको छ । त्यसैले यो पत्र मार्फत तिम्रो यादलाई भुलाउने प्रयास गरेको छु । तिमीले यो पत्र पाउली नपाउनी या कसैले सुनाईदेलान यसलाई अन्यथा नलिनु । तिम्रो मनमा चोट पु¥याउन मैले पत्र लेखेको होईन । मेरो मनमा लागेको चोट कम गर्न पत्र लेखेको हुँ ।
माया Û जुन दिन तिम्रो र मेरो भेट भएको थियो । त्यो दिन मेरो मनमा कताकता काउकुती लागेको थियो । मेरो मनमा अनेकौँ प्रश्नहरु खेलेका थिए । कयौँ पटक मेरा मनले तिमीलाई सोधेको थियो । तेरो उ के हो भनेर । मैले बारम्वर मनलाई सम्झाएको थिए । उ अव मेरो दिलको रानी हो भनेर । तर त्यो दिन पछि तिमी सँगै खासै भेट भएन । तर मैले जुन दिन तिमीलाई देखे त्यो दिन देखी दिलमा सम्झाएर राखे । म कल्पनामा बाँच्दै थिए । फेरी तिमी सँग भेट भयो । तर मनमा कता कता डर लागेको थियो । कतै तिमीले मेरो प्रेम प्रस्ताव स्वीकार गर्दिनौ कि भन्ने । तिमीलाई मेलै धेरै हेरे । पटक–पटक बोल्न खोजे तर सकिन । किनकी आफुले मन पराएको र माया गर्ने मान्छेसँग धेरै डर लाग्दो रैछ माया । मलाई यो कुराको आभाष त्यो दिनमा भएको थियो जुन दिन तिमीलाई मैले तिम्रो गाउँमा दोस्रो पटक भेटेको थिए । मनमा धेरै हिम्मत जुटाएर तिमी सँग बोल्ने कोशिष त गरे । तर बोल्न सकिन । म घर फर्के । बाटोमा साथीहरुले तिम्रो र मेरो नाम जोडेर विभिन्न उपनाम दिएका थिए । म मुशुमुसु हाँसे केही बोलिन् ।
मनमा तिम्रो मायाको आभाष हुदै थियो । एकदिन तिम्रो साथी सँग भेट भयो । मैले उनलाई भन्दा पनि पहिला तिमीलाई सोधेछु, खै माया भनेर ? उनले जिस्काउँदै भनिन् के हो दाई मलाई भन्दा पनि पहिला मायालाई सोध्नु भयो । किन हो < कि कतै========छ । मैले केही छैन भनेर टारे । तिम्रो बारेमा धेरै कुरा भयो । तिम्रो साथीले तिमीलाई धेरै माया गर्दि रहिछिन् । र उनले मलाई सम्झाउँदै थिईन । दाई माया अल्ली रुन्चे स्वाभाव कि छै है भनेर । मैले तिम्रो साथीको कुरामा मुशुमुशु हाँसेर प्रतिक्रिया जनाएको थिए । अन्तिममा हामी छुट्ने बेलामा उनले भनेकी थिईन दाई म एक दिन मायालाई लिएर आउँछु है ।मैले हस् भने ।
एक दिन मलाई तिम्रो साथीले फोन गरेर हामी आउँदैै छौ तपाई बाटोमा निस्केर बस्नु भनिन् । म खुशी हुँदै बाटोमा गएर बसे । तिमी आयौ । मैले माया भन्ने तपाई हो ? भनेर सोध्न के खोजेको थिएँ तिमीले भनीहाल्यौ म माया भनेर । त्यो दिन तिम्रो र मेरो खासै कुरा भएन । साँझ पनि परिसकेको थियो तिमी घर जान हतार भयो भन्दै आत्तिएकी थियौ । मैले केही भन्न सकिन तर, त्यो साँझ तिमीसँग कुरा गर्ने धेरै मन थियो । मैले केही भन्न सकिन । अन्तिममा ठुलो हिम्मत जुटाएर मैले तिम्रो नम्वर मागे । तिमीले सर्हस स्वीकार ग¥यौ र नम्वर दियौ । मैले मोबाईलमा सेभ गरिहाले । र तिमी त्यहाँवाट गईहाल्यौँ । मैले पर पुग्नेबेला सम्म हेरिरहेँ । र म घर फर्के । त्यसको दुई दिन पछि तिमीलाई फोन गर्ने निर्णय गरे । फोन पनि गरे । तर, फोन तिम्रो दिदिले उठाउनु भएको रैछ । मैले तिमीनै हौ कि भनेर कुरा गरे । त्यो दिन तिम्री दिदिले तिमीलाई धेरै गाली गर्नुभयो अरे । त्यो दिन मलाई साह्रै नराम्रो लाग्यो । त्यसको भोली पल्ट तिमीले आफै फोन ग¥यौ । फोनमा धेरै कुरा भयो । फोन राखेपछि मैले तिमीसँग प्रेम गरेको महशुस गरे । मैले त्यो दिनलाई जिवनको सवै भन्दा महत्वपूर्ण दिन घोषण गरे ।
तिमी सँग दिनप्रतिदिन कुरा हुन थाल्यो । म तिम्रो मायामा डुविसकेको थिए । तिम्रो यादमा हराउन थालेको थिए । स्कुल पढ्दा धेरै केटीहरुको प्रेम प्रस्ताव आयो मैले सँधै तिम्रो नाम लिएर कुरा गर्थे । तिम्रो र मेरो मायाको वारेमा एक पछि अर्को हुँदै सधैलाई थाहा भो । मेरो घर परिवार सहित तिमी र म सँग परिचित सबैलाई थाहा भयो गाउँभरि । हल्ला खल्ला हुन थाल्यो । मैले तिम्रो नाम सँग मेरो नाम जोडिएर कुरा गरेको धेरै सुने , धेरैले सुनाए पनि । तर, मलाई तिम्रो नाम सँग मेरो नाम जोडिएर कसैले कुरा गर्दा खुशी पनि लाग्थ्यो कताकता डर पनि ।
यसरी नै हाम्रो सम्वन्ध चलिरहेको थियो । अकस्मात तिमीले निर्णय ग¥यौ दशै छोडेर जानी । तर मैले तिमीलाई कसरी जाउ भन्न सक्थे र तर म त तिम्रो खुशी चाहाने मान्छे । तिमी खुशीको लागि म तिमीवाट टाढा बस्ने बाध्य भएँ । र तिमीलाई जाउ भने । तिमी रुदै रुदै गयौ । तिमी गएपछि म कुन अवस्थामा थिए मैले यो पत्रमा लेख्न चाहिन । र हाम्रो बाचा कसम थियो । तिमी टाढा भएपनि सम्पर्कमा रहिरहने र छिट्टै फर्किने । तर त्यो बाचा कसम पुरा भएन । मलाई लागेको थिएन तिमी यसरी सम्पर्क विहिन हुन्छौ भन्ने । म कहाा जाने तिमीलाई खोज्न । तिमी नेपालमा हुन्थ्यौ भने भौतारिन्थे होला । तिम्रो यादमा छट्पटाउनु बाहेक अरु मेरो विकल्प थिएन । तिम्रो वारेमा कसैलाई थाहा छ कि भनेर तिम्रो साथी तिम्रो बैनीलाई सोध्ने गर्थे । तर मैले झुटो आश्वासन मात्र पाउँथे ।
तिम्रो यादमा पागल भएर बसेको कत्ती छिटो एक बर्ष भएछ । एक दिन तिमी स्वदेश फर्केको खवर सुने । तिमी प्रति मलाई धेरै रिस उठेको थियो । मैले वास्ता गरिन । केही समयपछि तिमीले आफै फोन गरौँ । म तिमीलाई धेरै माया गर्ने मान्छे । यतिधेरै पीडा भुलेर फेरी तिमीलाई माया गर्ने पुगेछु । त्यसको एकमहिना पछि फेरी तिमी सम्पर्क विहीन भयौँ । तिमी घाती हौ, तिमी स्वार्थी रैछेउ भन्ने मैले त्यहाँवाट थाहा पाएँ । घरमा आउँदा धेरै माया गर्थेउ र घर वाहिर गएपछि चट्क्कै बिर्सिथ्यौ । अव त म पनि थाकिसकेको थिएँ । कहिले तिम्रो माया देखेर कहिले तिम्रो व्यवहार देखेर । तिमीले मलाई धेरै पटक यसरी नै झुक्कायौँ ।
अव त मैले आफुले आफै सँग कसम खाएको थिए । तिम्रो झुटो मायामा फस्दीन भनेर । हो आज म आफुले आफै सँग कसम खाएको र तिमीलाई यादमा मात्र सिमित राखेको बर्षौ वितेछ । यो अवधि मैले कसरी विताए होला । अझै कसरी विताउने होला । तिमी कल्पना पनि गर्ने सक्दीनौ । न तिमीलाई अंगाल्न सक्छु न तिम्रो याद विना बाँच्न सक्छु । पीडामा बाँच्न कति गाह्रो हुँदो रैछ । कसैको यादमा तड्पिन कति पीडादायी हुँदो रैछ मैले बुझेको छु । सायद तिमीले मेरो माया बुझेको भए । यी हजारौ शव्दको प्रेम पत्र लेखिने थिएन होला ।
ठिकै छ । तिमी जहाँ भएपनि खुशी रहनु । मलाई कहिल्यै नसम्झनु । तिमीलाई सधै माया गर्ने मान्छे । दुःख पीडा सवै म सहन्छु । जिवन धेरै लामो छ । एक दिन मेरो याद त तिमीलाई पक्कै आउँछ । त्यो दिन तिमी धेरै दुःखी हुने छौ जति अहिले म भएको छु ।
सँधै मेरो सम्झानामा रहिरहने छौ माया ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला