गजल – शरीर आफ्नो तर मुकुन्डो अर्कैको

ZEN Travels

शरीर आफ्नो तर मुकुन्डो अर्कैको भिर्ने गर्छ मान्छे,
शब्द आफ्नो तर आईडी अर्कैको प्रयोग गर्छ मान्छे।

हिम्मत छ खुलेर आउ किन हिड्छौ चोर बाटो हेर,
अरु लाई थिती सिकाउँदा आँफु कती बेथिकीमा छु किन हेर्दैनौ मान्छे?

तिमी सिधा आउ या बाँगो बाटो लोकले चिनेकै छ हेर
आज मात्रै कहाँ हो र धेरै भयो तिम्रो प्रबृती देखेको हे मान्छे।

खुबी भए राम्रो गर र गरेर देखाउ तर पुग्यो अब घेरै नसिकाउ,
म नै ठुलो र जान्ने नसोच यहाँ आफ्नो ऐना आँफै हेर मान्छे ।

आँफु कहाँ छु र के गरिरहेको छु त्यो राम्रो संग अध्ययन गरिदिए पुग्छ
अरुको सफाई खोज्दा पहिला आँफुलाई नै शुद्दिकरण गर मान्छे ।

अर्ती त्यस्ताका सुन्दछ र मान्दछ यो समाज हेर यहाँ
जुन हर हिसावले आँफु असल र बफादार भनेर गनिन्छ त्यो मान्छे।

-सिता सापकोटा

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला