नेपाली डायस्पोराका पत्रकारहरु गैर आवासीय नेपाली संघका मुख पत्र होईनन

ZEN Travels

विजय शर्मा दर्पण

स्वीटजरल्याण्ड  । गैर आवासीय नेपाली संघले अहिले भरखरै नियुक्त गरेका मेडिया तथा प्रकाशन समितिका सबै पत्रकार अग्रज तथा साथीहरुलाई मेरो जिल्ला डटकमले हार्दिक बधाई तथा शुभकामाना ज्ञापन गर्दछ। गैर आवासीय नेपाली संघले मेडिया तथा प्रकाश समितिमा पत्रकारहरुलाई जिम्मेवारी प्रदान गर्दा एनसीसी र क्षेत्रसित समन्वयन नगरी एकलौटी निर्णय गरेको आरोपमा धेरै बिरोधहरुका आक्रोसहरुका समाचारहरु चौतर्फी बाहिर आईरहेको अवस्थमा गैर आवासीय नेपाली संघले पत्रकारहरुको स्वतन्त्र विचार र अभिव्यक्ति तथा ताजा,सत्य,तथ्य घटना एबम मनोरंजन र खेल समाचारलाई सिधा असर नपर्ने गरी संघका निरन्तर गतिविधिहरुको अभियानलाई नेपाल र नेपालीहरुको बिचमा पुर्याउने कामलाई उर्जा दिन सक्नु पर्दछ। गैर आवासीय नेपाली संघले स्वदेश तथा बिदेशमा नेपाली समाजमा खेलेको अग्रगामी भूमिका र मुलुकलाई आर्थिक शुसंपन्न समृद्धिको मार्गनिर्देश गर्न खोजेको अति महत्वपूर्ण भूमिकालाई उजागर गर्दै नेपाली डायस्पोराका पत्रकारहरुले पत्रकारिताको धर्म र मर्मलाई आफ्नो निष्ठापूर्ण कर्तब्य ठानी जिम्मेवारीलाई पुरा गर्नु पर्दछ।

केहि निश्चित व्यक्ति बिशेषलाई गैर आवासीय नेपाली संघको गतिबिधिका अभियानहरुलाई निरन्तर गर्न मुख्य जिम्मेवारी दिए पनि हामी जस्तै धेरै पत्रकारहरुको पनि संघका दैनिक गतिबिधिका निरन्तर अभियानलाई नेपाली समाज समक्ष्य पुर्याउने जिम्मेवारी हो भन्ने लागेकोले मेरो जिल्ला डट कमले सधै निपक्ष्य रुपमा संघले जनहित र संघको पक्षमा गरिएका सबै कामहरुको मुल्यांकन गरी हृदय खोलेर प्रशंसा र सराहाना गर्दै आएको छ। यो संघ कुनै व्यक्ति बिशेषको पेवा नभएर विदेशमा रहने सम्पूर्ण ४५ लाख गैर आवासीय नेपालीहरुको साँझा संस्था हो त्येसैले मेरो जिल्ला डट कमले कसै व्यक्ति बिशेषको कहिले पनि डाह, रिस,प्रतिशोध,आग्रह र पूर्वाग्रह नगरी खराब र नकारात्मक तथा संघको बिरोधमा कुनै व्यक्तिको स्वार्थमा गरिएका निर्णयको निगरानीका साथमा खबदारी पनि गर्दै आईरहेको छ। गहत कामको निर्णयलाई सधै उजागर गर्दै आलोचनात्मक विश्लेषण सहित यस्तो प्रवृतिलाई रोक्न सुझाब सल्लाहको साथमा नेपाली डायास्पोराको साथ सहयोग र समर्थनको पक्षको साथमा रहने गरेको छ।

गैर आवासीय नेपाली संघको १५ बर्षको अवधिमा ५ जना आदरणिय अध्यक्षहरुले संघको नेतृत्व गर्ने सुबर्ण अवसर प्राप्त गरेका छन। विगत ४ नेतृत्वहरुको सबै तिरको कोणबाट हेर्दा सफल देखिएका छन किन कि २ बर्षे कार्यकालमा अध्यक्षले कडा मेहनत र ठुलो परिश्रम गरी निरन्तर अभियानलाई तिब्र गतिमा अगाडी बढाएका हुन। गैर आवासीय नेपाली संघको अभियान बिश्वको ७७ मुलुकको नेतृत्वलाई आई पर्ने ठुला धेरै चुनौतीहरुलाई पुरा गरी ४५ लाख गैर आवासीय नेपालीहरुको आशा र भरोशाको केन्द्रको अवसरको रुपमा अगाडी बढीरहेको छ। नया नेतृत्वको नेतृत्व क्षमता र योग्यता तथा कार्यकुशलताको मुल्यांकन मापन गर्ने समय अझै बाकी नै छ।सहमति सहकार्य र सबै गैर आवासीय नेपालीहरुको अपनोत्वलाई ग्रहण गर्ने गरीने सबै कामहरुको निर्णयहरुलाई सधै स्वागत नै गर्नु पर्दछ।

संघ समय समयमा गैर आवासीय नेपाली लगायत आवासीय नेपालीहरुसित पनि अति आलोचित हुने गरेको छ। हतारमा संघको पूर्ण बैठकमा छलफल र बहस नगरी नैतिक दबाबमा गरिने कुनै व्यक्तिको व्यक्तिगत स्वार्थ र गुट उपगुट तथा समुहगत सिण्डिकेट जस्ता बिकृति पूर्ण बिखन्डनले संघमा ठुलो दरार बनाउने कोशिस गरी रहेको छ । आर्थिक चलखेल अनियमिता तथा पारदर्शिता र सामाजिक न्याय एबम मानव अधिकारको पक्षमा नेपाली डायस्पोराका सबै पत्रकारहरुले खुलेर स्वतन्त्रता र निर्थकतापूर्ण कलम चलाउदै आईरहेका छौ।यो कदम सधै तिब्र गतिमा निरन्तर अगाडी बढ्ने आशा भरोशा सबैलाई सधैको आत्म साथ बनिरहेको छ। संघले गरेका सबै कार्यलाई नजिकबाट निहालेर शुक्ष्म रुपले खबदारी गर्दा बिरोधका लागी बिरोध नभई समाधानको उपाय र मिलन बिन्दु खोज्ने आधार पनि निर्धारण गर्नु पत्रकारिता भएको डायास्पोराका पत्रकारहरुले राम्रोसंग बुझेका छौ।

गैर आवासीय नेपाली संघले कुनै पनि पत्रकारलाई पद र कुर्सी दिएर पत्रकारको स्वतन्त्रता र निपक्षता तथा स्वच्छ छविलाई दुरपयोग गर्न र गराई पत्रकारहरुलाई नैतिक दबाब सर्जना गरी संघको मुख पत्रको रुपमा प्रयोग गर्न नलगाई संघले गरेका दैनिक गतिबिधिका कार्य योजनाहरुको प्रगति विवरण जनसमक्ष उजागर गर्न आवश्यक उर्जा र बल प्रदान गर्नु पर्दछ। पत्रकार बन्दुहरुले पनि पत्रकारिताको धर्म र मर्मलाई कहिले सम्झौता नगरी निष्ठा पुर्वक आफुले पाएको जिम्मेवारी निर्वाह गर्नु पर्दछ। स्वतन्त्र र निपक्ष्य पत्रकारिता कहिले पनि पैसा,पद र कुर्सि तथा मान सम्मानसित दाजिने गरिदैन। यस कारण गैर आवासीय नेपाली संघको मुख पत्र भई पत्रकारिताको मर्म र धर्मलाई पत्रकारहरुले कहिले दुरुपयोग गर्ने प्लेट फारम बनाउने छैनन। कुनै कसैको व्यक्तिगत स्वार्थलाई फाईदा पुग्ने संघको नाम वा लोबोलाई अबैधानिक रुपमा प्रयोग गरी आवासीय तथा गैर आवासीय नेपाली प्रति गरेका अन्याय पूर्ण कुकार्यको नेपाली डायस्पोराको पत्रकार बिना संकोच उजागार गर्दै आएकोलाई सधै निरन्तरता दिने छ।

गैर आवासीय नेपाली संघको नेतृत्वलाई सधै भरोशा र बिश्वास भएका १४ जना अग्रज तथा साथी पत्रकारहरुलाई संघको अभियानलाई निरन्तर गति दिन प्रदान गर्न गरिएको जिम्मेवारीलाई डायस्पोराका प्रत्रकार जगतले सांझा जिम्मेवारी सम्झनु पर्दछ। संघले विश्वको सबै क्षेत्रका स्वतन्त्र पत्रकार भन्दा पनि बिश्वास पात्र खोज्दै जादा कतै कुनै राम्रा एनआरएनए र नेपाली डायस्पोराको समाचार, लेख, कला संस्कृति र भाषा साहित्य तथा मनोरंजन सम्बन्धि कलम चलाउने केहि पत्रकारहरु समाविष्ट नभएका हुन सक्दछन। तर पनि पत्रकारिताको धर्म र मर्म सधै आत्म साथ गर्नु एक स्वतन्त्र पत्रकारियताको असल परिचय पनि हो। सत्य तथ्यलाई छुट्टाई दुधको दुध पानीको पानी निस्पक्षता सधै आधार बनाएका डायस्पोराका पत्रकारहरुले भोलेन्टियरको रुपमा गर्दै आएको पत्रकरियता कतै कसैको आग्रह पूर्वाग्रहमा डग्मागगाउने छैन।

नेपालीहरु पहिलो पुस्ताका डायास्पोरा भएकोले नेपालमा सिकेको र आफुले गरेको पेशालाई निरन्तरता दिन कर्मभूमिमा फुर्सतको समयलाई सदुपयोग गर्दै उपयोगमा ल्याईएको मात्र हो। पेशा गत रुपमा अबलम्बन गरी जिविको पार्जन गर्न प्रबाशमा धेरै गार्हो छ तर पनि नेपाली डायस्पोराका पत्रकारहरुले आफ्नो कर्तब्य निष्ठालाई सधै भोलेन्टियरको रुपमा जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरि रहेका छौ।

प्रबासमा वास्तविक घटेका घटना र सत्य तथ्य समाचारलाई नेपाली समाजलाई जानकारी गराउदा कहिले काही अनेक आलोचना र ब्यक्तिबादी नकारात्मक संकोचको तारो बन्न पुग्ने चुनौतीको प्रबाह नगरिने गरिने सत्य तथ्य खोज खबरमा अनेक व्यक्तिगत लाल्छना लाग्ने गर्दछन। यति सम्मकि एउटा स्वतन्त्र पत्रकारिताको परिचयलाई गलत्याउदै एक बोतल बियर एक गिलास वाईन र १०० ,५० मा बिक्रि हुने पसलको तरकारीको भाऊ बराबर मूल्य तोक्ने गर्दछन। यो पत्रकार माथि गर्ने अभद्र व्यवहार र भौतिक आक्रमण भन्दा पनि ठुलो जघन्य अपराध र ठुलो भ्रस्ट्राचार भएको समाज बिरोधि अपराध हामी ठान्दछौ। पत्रकारहरुको नैतिकता र स्वतन्त्र पत्रकारिताको मर्म र धर्मलाई पैसा पद र कुर्सिसित दाज्न खोज्नेहरुलाई यो एउटा ठाडो चुनौती पनि हो। पद र पैसामा स्वतन्त्र पत्रकारले पत्रकारिताको धर्म र मर्मलाई बिक्रि गर्न सक्दैन। त्येसैले गैर आवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई निर्वाह गर्दा संघको मुख पत्र नभएर एउटा स्वतन्त्र पत्रकारको हैसियतले जिम्मेवारी पुरा हुनेमा नेपाली डायास्पोराका पत्रकारहरुको साथ सहयोग रहने छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला