पुर्ण साक्षर घोषणा कागजमा मात्रै कि व्यबहारमै ?

ZEN Travels

                                                                                                                                -प्रकाश बिद्रोही

गाउँमा डोजरले बाटो चौडा पारिरहेको थियो र मैले पनि एक छेउमा बसेर त्यो दृष्य नियालिरहेको थिए।

म सङ्गै छेउमा हाम्रो वडाका निर्बाचित जन प्रतिनिधि,दुई जाना बाटोका इन्जिनियर र केही स्थानीय युवाहरु पनि हुनुहुन्थ्यो। यत्तिकैमा वडा कार्यालयका कर्मचारी दाइ आउनुभयो र मलाई सोध्नुभयो “भाइ कहिले आयौ ?कति दिन बस्छौ?” मैले जवाफ दिए” दाइ २-३ दिन बस्छु।

“उहाँले फेरि भन्नुभयो माघ १० गते हाम्रो कुस्मा नगरपालिका वडा नं १२ ठुलीपोखरी पुर्ण साक्षर वडा घोषणा हुँदैछ ।त्यो दिन युवा क्लबले हामीलाई कार्यक्रम गर्न सहयोग गर्न पर्यो।”यहि नीर जनप्रतिनिधि मध्यका एकले थप्नु भयो “क्लब लाई दिने चिट्ठी तयार भै-सक्या छ, सम्झ कि चिट्ठी आयो।” अनि मैले हवस् हुन्छ ,म साथीहरू सँग कुरा गर्छु भने र प्रसङ्ग टुङ्गाइदिए। मनमनै सोचे पुर्ण साक्षर हुनु त निकै सकारात्मक कुरा हो। शिक्षा लाई मानव जिवनको तेस्रो आँखा पनि भनिन्छ।जुन समुदायका जनता बढी शिक्षित हुन्छन् त्यो समुदायले आफ्नो सर्बाङ्गिण बिकासमा छिटो फड्को मार्छ भनेर गुरुले स्कुलमा पढाएको झ्याप्प याद आयो।

अब म पनि बिकसित समाजको एउटा सदस्य हुने भए भनेर मख्ख परे। केन्द्रिय तथ्यांक विभागद्वारा २०६९ मङ्सिर ११ मा सार्बजनिक राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको साक्षरता ६५.९ % रहेकोे छ।जसमा पुरुष ७५.१% र महिला ५७.४% साक्षर छन्।सबै भन्दा बढि साक्षरता भएको जिल्ला काठमाडौं र कम साक्षरता भएको जिल्ला रौतहट रहेको छ। नेपालमा लेख्य साक्षरताको सुरुवात बि.सं २००४ सालमा आधार शिक्षाको सुरुवात देखि भएको मानिन्छ ।त्यसपछि क्रमिक रूपमा बिधालयहरु खुल्न थाले।२००७ साल सम्म आइपुग्दा नेपालको साक्षरता करिब २% थियो।

नर्वे,स्विडेन,पोल्याण्ड लगायतका देशको साक्षरता शतप्रतिशत भैरहँदा कुनै नगरपालिकाको एउटा वडा पुर्ण साक्षर घोषणा हुँनु नौलो कुरा भएन तर हामी किन घोषणा गर्नु लाई नै महत्त्वपूर्ण ठन्छौ?माघ १० गते `पुर्ण साक्षर वडा घोषणा कार्यक्रम´ लेखिएको ठुलो ब्यानर टाँगेर जनप्रतिनिधि,राजनीतिक दलका नेता,पत्रकारहरु र व्यापक जनसहभागितामा कार्यक्रम भब्य रुपमा सम्पन्न भयो।राज्यको यो अभियानलाइ वडाका जनप्रतिनिधिहरु र स्थानीयबासी सबैले तनमनले साथ दियौ र पुर्ण साक्षर वडा घोषणा भयो।

म पोखरा बाट गाउँ जाने क्रममा बसपार्कमा बस कुरिरहँदा धेरै पटक मेरै वडाका कयौ ब्यक्तिहरुको टिकट हेरेर बस पत्ता लगाइदिएको छु,बस भित्र सिट पत्ता लगाइदिएको छु।यी त प्रतिनिधि ठाँउ र घटना मात्र हुन्।तथ्याङ्क अनुसार उनीहरु अहिले साक्षर भएका छन्,अब उनीहरुले आफ्नो बस र सिट आफै पत्ता लगाउन सक्ने भएका छन्,सामान्य बुझाइमा पुर्ण साक्षर घोषणाको अर्थ यो पनि हो। सामान्य लेखपढको लागि अझै पनि अरुको सहायता आबस्यक पर्यो भने पुर्ण साक्षर घोषणाको तुक के नै रह्यो र?

विश्व शिक्षा मञ्चमा `सबैका लागि शिक्षा´ अभियानमा हस्ताक्षर गरे पश्चात् नपालले पनि सन् २००० मा सबैका लागि शिक्षा कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको हो। राष्ट्रिय अनौपचारिक शिक्षा परिषद्को मिति २०७०⁄१२⁄१७ मा बसेको वैठकले सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका तथा जिल्लाका १५—६० वर्ष उमेर समूहका कूल जनसंख्या मध्ये ९५ प्रतिशत साक्षर भएको एकिन गरि बाँकी निरक्षरहरूलाई आगामी १ वर्षभित्र साक्षर गराउने प्रतिबद्धता गराई जिल्ला अनौपचारिक शिक्षा समितिको निर्णयानुसार सम्बन्धित सरोकारवालाहरूको सहभागितामा सार्वजनिक समारोहको आयोजना गरी साक्षर घोषणा गर्न सकिने आधार तय गरेको थियो।

साक्षर भन्नाले सामन्य लेखपढ,हस्ताक्षर गर्न सक्ने र साइन बोर्ड पढ्न सक्ने भन्ने बुझिन्छ। यो मापदण्डले ६० बर्ष माथिका लाई किन समेट्न सकेन?प्रयाप्त बहस हुनु जरुरी छ। वडा मात्र होइन कयौ नगरपालिका र हालसम्म ४२ वटा जिल्लाहरु पनि पुर्ण साक्षर घोषणा भै सकेका छन्।घोषणा गर्ने लहर नै चलेको छ।एक बर्ष अगाडी नै पुर्ण साक्षर घोषणा भएका ती ठाँउहरुमा औंठाछापको सट्टा आफ्नै हस्ताक्षर प्रयोग हुन थालेको छ त? औंठाछाप नै प्रयोग भैराखेको छ भने हाम्रो पुर्ण साक्षर घोषणाको सार्थकता के? साक्षरता कागज र चर्का भाषणमा भन्दा व्यबहारमा हुनु जरुरी छ।

प्रौढ शिक्षाको नाममा बर्षेनी लाखौं रकम खर्च भएको छ,तर त्यो कार्यक्रम कत्तिको प्रभाबकारि भएको छ भन्ने तिर कसैको पनि प्रयाप्त चासो नगएको शिक्षाप्रेमीहरु बताउँछन्।।पुर्ण साक्षर घोषणा गरिएका जिल्लाका बिरामीहरु स्वास्थ्य उपचारका लागि अस्पतालमा जाँदा मानौ डाक्टरले ४ नम्बर कोठामा पठाए भने ४ नं कोठा कुन हो भनेर अरु सँग सोधेको सुन्नु परेको छैन त? छ भने राज्यले निर्धारण गरेको मापदण्ड हामीले कसरी पूरा गर्यौ त?

घोषणा मात्रै गरेर लोकप्रियता बटुल्न खोज्नु भन्दा जनता लाई बास्तबमै साक्षर बनाएर उनिहरुको दैनिकीमा सहजता ल्याउन सके बल्ल पुर्ण साक्षर घोषणाको सार्थकता पुष्टि हुने छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला