बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

ZEN Travels

सुनसरी, २० माघ  ।

२० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदै छ ।

सुनसरीको धरानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दै छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोली सहभागी हुँदै छन् ।

यसपाली पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ पुर्‍याइएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशो राईले जानकारी दिए ।

सात विधाका उत्कृष्टले जनही २५ हजार पाउने छन् सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला