सांसद पाठक जापानमा सम्मानित

ZEN Travels

जापानको टोकियो स्थित सिनकोबुमा बिहुँकोट समाज जापानले बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद डा .सुर्य पाठकलाई सम्मान गरेको छ । जापानमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद पाठकले जापान मा सिकेको ज्ञानसिप र प्रविधिलाई इमान्दारीताका साथ देश विकाश मा खर्चिने र युवाहरुलाई आफ्नो क्षेत्रको विकासको लागि खटिन र आग्रह गर्दै आफु पनि त्यसमा प्रतिबद्ध भएको बताए ।

कार्यक्रममा बिहुँकोट समाज जापानका संरक्षक दिपक सुवेदी, समाजका सल्लाहाकार महेन्द्रप्रसाद कँडेल, समाजका कोषाध्यक्ष दिपक कँडेल, जनसम्पर्क समिति जापानका उप–अध्यक्ष नवराज थापा, ओएनएफ जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम को स्वागत संस्था का उपाध्यक्ष गोपाल शर्मा अशोक ले गरेका थिए ।

यसै समाज का अध्यक्ष देविलाल सुवेदीको अध्यक्षता सम्मपन्न भएको कार्यक्रम संचालन समाजका प्रवक्ता फणिन्द्र शर्मा गरेको थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला