प्रदेश तीनबाट वाम गठबन्धनका ६ र काँग्रेसका २ जना विजयी

ZEN Travels

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाीचत भएका छन् ।

निर्वाचित हुनेमा ६ जना वाम गठबन्धनका र २ जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । उनका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी भएका छन् । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा रहेका थिए । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला