कुरुवालाई गरिएको ‘यौन दुव्र्यवहार’ जटिल

ZEN Travels

काठमाडौ

जिल्ला अस्पतालका कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै क्षतिपूर्तिस्वरूप पैसा दिएर घटना मिलाइदिन पीडित परिवारले दिएको दबाब अस्वीकार गरेपछि बयान फेरेर उजुरी दर्ता गरिएको छ । जिल्ला अस्पताल सिलगढीमा भर्ना भएकी आफन्तको स्याहारका लागि आएकी १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप पीडितको छ ।

प्रहरी, जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यका कर्मचारी, अधिकारवादी लगायतलाई २ देखि ५ लाख रुपैयाँसम्म पीडक पक्षबाट क्षतिपूर्ति भराई उक्त घटना मिलाउन आग्रह गरेका थिए । पीडित परिवारले यौन दुव्र्यवहार गर्ने क्रममा विवाद भएपछि बालिकाको शरीरमा एसिड फालेको आरोप लगाएका थिए ।

सोमबार राति भएको घटनाबारे कानुनी प्रक्रियाअनुसार जान भन्दै पीडित पक्षको प्रस्ताव अस्वीकार गरेपछि उनीहरूले आरोपको विषय बदलेर उजुरी दिएका छन् । बुधबार पीडितका बुवाले जिल्ला अस्पताल डोटीमा कार्यरत बायो टेक्निसियन पदमा कार्यरत बिमल कुँवरमाथि सार्वजनिक अपराधको मुद्दा लगाएर किटानी जाहेरी दिएका छन् ।
‘अस्पतालमा राखेको एसिडको दुरुपयोग गरेर छोरी प्रतिमा (नाम परिवर्तन) को शरीरमा आगो लगाएको भन्दै सार्वजनिक मुद्दा दिइएको छ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले भने, ‘पैसा दिलाएर मिलाइदिनुपर्‍यो भनिरहेका थिए । हामीले सक्दैनौं, कानुनी प्रक्रियामै जानुस् भनेपछि उनीहरूले सार्वजनिक मुद्दाअन्तर्गत जाहेरी दिएका छन् ।’
पीडित परिवार र उनका आफन्तहरूले मंगलबार बिहानैबाट कुँवरलाई कारबाहीको माग गर्दै जिल्ला स्वास्थ्य र अस्पताल घेराउ गरेका थिए । अस्पताल नजिकै रहेको पाकरी गाउँबाट आएका आफन्तहरूले उजुरी नदिई दिनभर अस्पतालको काम ठप्प पारेका थिए । घटनाबारे यथार्थ बुझ्न दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासी, वडाअध्यक्ष कर्णबहादुर बिष्ट, जिल्ला स्वास्थ्य प्रमुख सतीश बिष्ट लगायतले पीडित बालिकाका अभिभावकसँग छलफल गरेका थिए । आजको कान्तिपुरमा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला