रुपीसेन्ड रेमिट्यान्सको कारोबार कोरियाबाट शुरु

ZEN Travels

कमला,के.सी कोरिया ।

रुपीसेन्ड रेमिट्यान्सको कारोबार गत शुक्रवारदेखि शुरु भएको छ । कोरियामा रहेका नागरीकलाई सहज रुपले पौसा पठाउन र पाउन सहजहोस भन्ने उद्धश्यले रेमिट्यान्सको कारोबार संचालन भएको हो ।

कोरिया सरकारले रेमिट्यान्स कम्पनीलाई कारोबार गर्न स्वीकृति दिएपछि रेमिट कम्पनी खोल्ने क्रम बढेको छ । कोरियाको राजधानी सउलको दोङदेमूनस्थित एक होटलमा विशेष उद्घाटन कार्यक्रम मार्फत रुपीसेन्डले औपचारिकरुपमा रेमिट्यान्स कारोबार सञ्चालनको शुरुवाती गरेको हो ।

रुपीसेन्डले अनुमति पाएलगत्तै केहि हप्ता अघि देखि रेमिटको कारोबार गर्दै आएको छ । जापान पछि कोरियामा रेमिट कारोबार सञ्चालन शुरुवाती गरेको रुपीसेन्डबाट नेपालको केन्द्रीय बैंकबाट अनुमति प्राप्त संसार रेमिट प्राइभेट लिमिटेडका सम्पुर्ण शाखा र सवै बैंकका साखामा कोरियाबाट रकम पठाउन सकिने छ ।

रकम पठाएको १० मिनेटमै नेपालका कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने सीस्क्वायर रुपीसेन्डले बताएको छ । रुपीसेन्डले रकम छिटो, भरपर्दो, विश्वसनिय र सुविधायुक्त तवरले पठाउन सकिने र ग्राहकलाई लक्षित गरी आर्कषक उपहार योजना पनि ल्याएको छ । रुपीसेन्डले कोरियाको दोङ्देमूनबाट कारोबार सञ्चालन गरिरहेको छ ।

विगत ५ वर्ष देखि जापानवाट नेपाल रेमिट सेवा प्रदान गरि रहेको स्क्योर कम्पनी तथा संसार रेमिट सेवा सहकार्यमा सञ्चालित रुपिसेन्ट रेमिट्यान्स कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।  विगत महिनादेखि कोरियामा पनि नेपाल पैसा पठाउने कार्य गरिरहेको कम्पनीको औपचारिक उद्घाटन फेव्रवरी ९ का दिन मौल दित्देमुन स्थित रेमिट कार्यलय वाट कारोवार सुरु गरेको हो ।

उक्त समारोहमा डेपुटी गर्भनर चिन्तामणी देवकोटा नेपाल राष्ट्र बैङका विदेशी विनिमय व्यवस्थापक विभागका कामु निर्देशक मिना अधिकारी,नेपाल दुतावासका श्रमसहचारी डिल्लीराम बास्तोता, एनआरएन कोरियाको अध्यक्ष लक्ष्मी गुरुङ,संसार रेमिटान्सका निर्देशकहरु केशर गिरी,देविलाल भण्डारी तथा अन्य कोरियाकमा रहनु भएका विशिष्ट नेपालीवाट संयुक्त रुपमा रिबन काटेर रेमिटान्स सेवाको औपचारिक उद्घाटन गरिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला