पत्रकार महासंघ यूके कार्यसमिति आफै बोक्सी आफै झाक्री

ZEN Travels

स्वीटजरल्याण्ड । नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यसमितिको म्याद आगामी ९ मार्चमा सकिदै गर्दा नयाँ कार्यसमिती चुन्ने क्रियाकलापले माहोल तातेको छ । नयाँ र पुराना गरेर जम्मा ११४ जना सदस्यताका लागी आवेदन परेको अनौपचारिक खबर आएपनि कर्यसमितीले सदस्यताको लागी तोकेको अन्तिम म्याद जनवरी ३० नाघेर आज अर्को महिनाको १० दिन नाघीसकेको छ । अझै सम्म औपचारिक नामावली सार्बजनिक गरिएको छैन ।

सूचनाको हक र पारदर्शिता खोज्ने संस्थाले यसरि कयौं दिनसम्म सदस्य संख्याको बारेमा जानकारी सार्बजनिक नगर्नु र जो व्यक्तिहरु पदका आकांक्षी छन् उनीहरुले नै कुन सदस्य राख्ने र कुन फाल्ने भनेर कैची चलाउन आतुर भएका हल्ला सुनिन थालिएको छ । वर्तमान कार्यसमितीका लगभग सबैजना पदाधिकारीहरु पुन: पदाधिकारी नै रहने प्रयास भैरहेको तर आआफ्ना पदहरु सट्टापट्टा गर्ने हल्लाबिच पत्रकार महासंघ बेलायतको कार्यसमितीको बैठक भोलि आइतवार ११ फेब्रुवरीको दिन बस्दैछ । उक्त बैठकले अध्यक्षदेखि लिएर कोषाध्यक्ष पदसम्मका आकांक्षीहरुले महासंघको सदस्यता कसले पाउने र कसले नपाउने निर्क्योल गर्नेछ ।

पुरानो कार्यसमितिले करिब २० जना गैर पत्रकारहरुलाई आफु निर्वाचीत हुन सदस्यता दिएको कुरा जग जाहेर छ र हाल आएर सोहि कार्यसमितिका केहि बरिष्टहरु नयाँ सदस्यहरुलाई स्थान नदिने र दिए पनि पदाधिकारी बन्न नमिल्ने भन्दै कार्यसमितीले बनाएको नियमावली देखाएर नयाँलाइ कुनै पदमा उठ्न नदिने र पत्रकार महासंघमा सिन्डिकेट लाद्ने अफवाह फैलाउंदै हिड्नुलाइ नयाँ सदस्यहरुले कडा रुपमा प्रतिबाद गर्ने भएका छन् ।

मापदण्ड सहित रित पुर्याएर संस्थाको सम्मान गर्दै सदस्यता लिन अग्रसर पत्रकारहरुलाई आफै बोक्सी आफै धामी बन्ने शैलीमा आफै अद्यक्ष र अन्य पदहरुमा बस्न लालायित मनहरुले आफु अनुकुल सदस्यता अस्वीकृत वा स्वीकृत गर्ने अधिकार नराख्ने भन्दै
ति ब्यक्तिहरुलाई निर्क्योल गरि मुद्धा सम्म दायर गर्ने तयारी रहेको बताइएको छ ।

सामान्यतय निर्वाचनमा को उठ्ने को नउठ्ने भन्ने नियम कार्यसमितिले बनाउन नमिल्ने र त्यो अधिकार साधारण सभालाई मात्र रहने गर्दछ भने चुनावमा भाग लिन प्रत्यासीहरुलाई सदस्यता रुजु गर्ने नगर्ने अधिकार रहन्न । कार्यसमितिको म्याद सकिएपछि स्वत: अबैधानिक हुन्छ वर्तमान कार्यसमिति मार्च ९ देखि अबैधानिक नै हुने भएकोले केन्द्रको पहल मार्फत निस्पक्ष समिति बनेर मात्र सदस्यता रुजु गर्ने र चुनाव गर्ने अधिकार रहेको जानकारहरु बताउँछन ।

पुरानो टिमका केहि पत्रकारहरु समाचार लेखे बापत पैसा लिने, खादा सम्मान पाइने एकाधिकार जमाएर बसेको ठाउँमा नया जुझारु पत्रकारहरु प्रवेस गरे एकाधिकार र खाइपाइआको गुम्ने डरले नयाँ सदस्यता रोक्ने देखि पदाधिकारी बन्न नदिन हात धोएर लागेको केहि नयाँ सदस्य हरुको आरोप पनि छ ।
यदि अन्यायपूर्णरुपमा सदस्यता रोकिए नयाँ संस्था सुरुगरेर भन्डाफोर गर्नपनि पछि नपर्ने बेलायतका नेपाली पत्रकारहरुको एक पक्ष बताउँछन् ।

यसै क्रममा सालिन र सभ्य रुपमा महासंघलाई यहाँ सम्म ल्याएका , ठुलो च्यारिटी रकम उठाएर संघका लागि राम्रो काम गरेका वर्तमान अध्यक्ष नरेश खपांगी मगर र वर्तमान कार्यसमितिलाई आफ्नो कार्यकाल बिबाद रहित बनाएर चुनाव सम्पन्न गर्ने चुनौती थपिएको छ ।
पत्रकार महासंघ जस्तो गरिमामय संस्थामा सबै पक्ष मिलेर निस्पक्ष र पारदर्शी चुनाव गराउने जिम्मेवारी सबैको रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला