शेयरमा १ अर्ब ५५ करोड कारोबार

ZEN Travels

धितोपत्र बजारमा यो साता १ अर्ब ५५ करोड ११ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेर अन्तिम दिन एक हजार ३९१ दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकको १६ करोड ४७ लाख १० हजाररुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शेयर संख्याका आधारमा पनि सोही त्यही बैंक नै अग्रस्थानमा छ । नेपाल बैंकको चार लाख ६१ हजार कित्ता शेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।

आइसिएफसी फाइनान्स कम्पनीको ८ लाख ३ हजार ८ सय ८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको १ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला