राष्ट्रिय सभामा सिफारिसप्रति पौडेल पक्ष असन्तुष्ट

ZEN Travels

काठमाडाैं

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि गरेको सिफारिसप्रति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । पार्टीभित्र छलफल नै नगरी देउवाले आफ्नानिकटका व्यक्तिलाई मात्र राष्ट्रिय सभामा सिफारिस गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।

‘पार्टीभित्र छलफल गरेर मात्रै गर्छु भन्नुभएको थियो, तर शुक्रबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको निर्णय एकैचोटि सुन्नमा आयो,’ पौडेलनिकट स्रोतले भन्यो, ‘देउवाले राष्ट्रिय सभामा को–को ल्याउने भन्नेबारे एकपटक पनि छलफल गर्नुभएन ।’ पार्टी पद्धति र विधि एकपछि अर्को गरी मिच्दै गएको भन्दै पौडेल पक्ष देउवासँग असन्तुष्ट भएको हो ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन् भने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव । यी दुवै देउवानिकट हुन् । जोशी भने राप्रपा (प्रजातान्त्रिक) को सिफारिसमा परेकी हुन् । आजको कान्तिपुरमा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला