जहाज अकाशमै ‘होल्ड’ हुन बाध्य

ZEN Travels

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । गोरखापत्रमा समाचार छ ।

पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो ।

ट्राफिक जाम बढेका कारण हेटौंडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला