अनुदान प्राप्त गाई फर्म बन्द ,कामदारले तलव पाएनन

ZEN Travels

पर्वत ।

आर्थिक वर्ष ०७४÷ ०७५ मा अनुदान लिएर सञ्चालित युवा लक्षीत कार्यक्रम बन्द भएका छन । फलेवास नगरपालिका शंकरपोखरीमा गतवर्ष जिल्ला पशु सेवा कार्यालय मार्फत अनुदान प्राप्त गाई फर्म बन्द भएको हो ।गत वर्ष अनुदान लिएर सञ्चालनमा रहेको फर्म वर्ष्दिन नपुग्दै रित्तिएको छ । काम गर्ने युवा भन्दा पनि दलिय आधारमा अनुदान बाँड्दा कार्यक्रम सफल हुन नसकेको हो । एमाले जिल्ला नेता वैगुन्ठ भुसाल द्धारा सञ्चालित फर्म अहीले भत्कीएर बन्द भएको हो । १० गाई पालेर सञ्चालनमा ल्याइएको उक्त फर्म अहिले रित्तिएको छ। साविकको शंकरपोखरी गाविस–३ मा रहेको सुनगाभा बहुमुखी पशु तथा कृषि फर्म बन्द भएको हो । फर्म बन्द भएपछि कामदाले समेत पारीश्रमीक पाएका छैनन । कामदार बुद्ध गिरीले ६ महीना देखी तलव नपाएको बताउँदै सञ्चालक खोज्दै सदरमुकाम आएको गुनासो गर्नुभयो । अहीले गाई फर्मको गोठ तथा खर्क समेत भत्किएको छ । वेरोजगार युवा लक्षीत कार्यक्रम राजनीतीक दलका नेता कार्यक्रतालाई वितरण गर्दाको यो उदाहरण हो । युवा लक्षीत कार्यक्रम युवाहरुलाई भन्दा दलका कार्यक्रतालाई वितरण गर्दा उपलब्ध शुन्य भएको स्थानीयले बताएका छन । सरकारी निकायले पनि दलीय स्वार्थमा अनुदान बाँडदा कार्यक्रमको प्रगती नदेखीने गरेको छ । अनुदान लिनका लागि फर्म दर्ता हुने र अनुदान सकीएपछि फर्म बन्द गर्ने प्रचलन जिल्लामा बढदै गएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला