२४ घन्टे भजन किर्तन कार्यक्रम

ZEN Travels

दिपसागर पौडेल,पर्वत ।

धार्मिक विचारमा आस्था राख्ने स्थानीय युवाहरुको पहलमा कुश्मा नगरपालिका ११ पकुवा स्थित चन्डी भगवती देबि मन्दिरको प्राङ्गणमा २४ घन्टे भजन किर्तन कार्यक्रम आयोजना गरिने भएको छ ।

महा शिबरातृको अबसर पारेर धार्मिक विचारमा आस्था भएका स्थानीय युबाहरुको पहलमा २४ घन्टे भजन किर्तन आयोजना गर्ने चन्डी भगवती मन्दिर ब्यस्थापन समितिका अध्यक्ष लक्ष्मण केसि ले जानकारी दिनुभयो । केसिका अनुसार सबै स्थानीय गाउले बासिहरु बाट अहिलेसम्म रु 25 हजार नगद र १ मुरि चामल संकलन भएको बताउनु भएको छ ।

बेमौसमी जलबायु परिवर्तनका कारण आकासे पानी पर्न नसकेपछि स्थानीय कृषिकहरु चिन्तित बनेपछि भगवान इन्द्र नारायणको जप र भजन किर्तन गर्नाले आकाश बाट पानी पर्न सक्ने बिश्वास रहदै आएकाले उक्त २४ घन्टे भजन किर्तन गर्न लागेको केसिले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला