‘मग मग’ माया माग्दै अमृत र संगिता

ZEN Travels

काठमाडौं 

पर्वतको दरिलो आवज अमृत क्षेत्रीको संगित साँचै जादुगर हुन्छ । भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्रीमाथी फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुईको प्रेम देख्न सकिन्छ ।
गीतले प्रेमको नै चर्चा गरेको छ । गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ ।
गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
‘भ्यालेन्टाइन डे कै वरपर रिलिज गर्ने प्लानिङ अनुसार भिडियो तयार गरिएको हो ।’ निर्देशक निकेशले भने ‘ भिडियोमा मायाका भावलाई दृश्य मार्फत पनि ब्यक्त गराउने प्रयास गरेको छु ।’ गीतमा अमृत र संगीताले राम्रो काम गरेको निकेशले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला