जाजरकोटमा डाक्टरले रोग पत्ता नलगाएपछि विद्यालयमै लगाइयो धामी–झाँक्री

ZEN Travels

जाजरकोट

लगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालयमा छात्रा एकपछि अर्को गर्दै काम्ने समस्या देखिएको छ । तीन सातादेखि छात्राहरु काम्ने र कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।

छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए।

प्रधानाध्यापक सिंहका अनुसार विद्यालयमा कक्षा ५ देखिमाथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ । हरेक ६ देखि ११ जनासम्म छात्रामा त्यस्तो समस्याबाट पीडित हुने गरेका छन् ।

विद्यालयमा तीन साता देखि आएको यस्तो समस्याको कारण भने अहिले सम्म पत्ता लगाउन सकिएको छैन ।
प्रधानाध्यापक सिंहले चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको बताए । ‘डाक्टर रोग पत्ता लगाउन नसकेपछि, विद्यालयमा धामी झँक्री समेत बोलायौ’ उनले भने ‘तर पनि रोग अझै पत्ता लागेको छैन । विद्यार्थीका अभिभावकहरु तनावमा छन् ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला