रुसमा शक्तिशाली मिसाइल यस्ता छन्

ZEN Travels

बीबीसी ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्वसामु प्रस्तुत गरेको परमाणु पतियारको नयाँ प्रविधिले विश्वको ध्यान केन्द्रित गरेको छ। उक्त क्रममा उनले सार्वजनिक गरेको भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा बर्साउँदै गरेको देखाइएको छ।

राष्ट्रपति पुटिनका अनुसार उक्त अतियार अमेरिकाको रक्षा संधी उल्लङ्घनका विरुद्ध रहेका छन्। उनले हतियार सार्वजनिक गर्दै भएका छन्, पहिले पनि हामीसँग हतियार थिए। तर हामीलाई कसैले सुनेको थिएन्, तर अब हाम्रो कुरा सन्नेछन्।

अमेरिकाको रक्षा मन्त्रालयले भने रुसको उक्त हतियार प्रदर्शनीका बारेमा आश्चर्य जनाएको छैन्। मन्त्रालयले हालै नयाँ परमाणुको घोषणा गरेको थियो। मन्त्रालयका प्रवक्ता डाना व्हाइटले पत्रकारसँग कुराकानी गर्दै भनेका छन्, हामीले लामो समयदेखि रुपमाथि नजर लगाइरहेका छौँ । जुन हतियारका बारेमा कुरा गरिएको छ, ती हतियारका बारेमा आश्चर्य मान्नु पर्ने कुरानै छैन्। जुन हाम्रालागी पुराना हुन्।

यस्ता छन् रुसका शक्तिशाली ५ हतियार
१, सरमट :

यो एक द्वीपबाट अर्को द्वीपसम्म मार हान्न सक्ने क्षमताको शक्तिशाली मिसाइल हो। यसलाई साटन २ का नामबाट पनि चिनिन्छ। पुटिनले आश्वासन दिएका छन् की, यस नयाँ मिसाइल प्रणालीको परीक्षणले नयाँ फड्को मारेको छ।

२ असिमित रेन्जको क्रुज मिसाइल
यस मिसाइलको अहिलेसम्म नामानकरण गरिएको छैन्। राष्ट्रपति पुटिनका अनुसार यो एक नयाँ किसिमको मिसाइल हो। जसले लक्ष्य भेटनका लागि ब्यालस्टिक मिसाइल जसरी मार हान्न सक्दैन्। यस कारण यो मिसाइल रक्षा प्रणालीबाट रोक्न गाह्रो हुन्छ।

३ पानीको मुनीबाट स्वतः मार हान्न सक्ने मिसाइल
यस मिसाइलको नाम अहिलेसम्म पनि रुसमा नय गरिएको छैन्। यसबाट समुद्रमा निशाना लगाउन सकिन्छ। यो मिसाइल मानव रहीत हो। पुटिनले भनेका छन्, रुसले पानीको मुनीबाट मार हान्न सक्ने क्षमताको मिसाइल निर्माण गरेको छ। उक्त मिसाइल मानवरहित हो।

४ हावामा मार हान्न सक्ने क्षमता
राष्ट्रपति पुटिनले रुसको हाइपरसोनिक हतियारको नाम किंझल राखेको छ। उनका अनुसार उक्त मिसाइल हावामा लञ्ज गर्न सकिन्छ।

५ लेजर हतियार
यस हतियारको नाम पनि अहिलेसम्म तय भएको छैन्। पुटिनले भनेका छन्, रुसमा लेजर हतियार निर्माणका लागि उल्लेखनिय कदम उठाइएको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला