चर्चामा इन्टरनेट तहल्का मच्चाएकी प्रिया प्रकाश

ZEN Travels

एजेन्सी।

आफ्नो फरक अन्जादका कारण इन्टरनेटमा तहल्का मच्चाउन सफल प्रिया प्रकाश फेरि एक पटक चर्चामा शिखरमा छिन्। प्रियाले पहिलो पटक फोटो शुट गराएकी छन्। जसमा उनी पिंक कलरको ड्रेसमा देखिएकी छन्।

उनले आफ्नो इंस्टाग्राम एकाउन्टमा फोटो शेयर गरेकी छन्। प्रिया प्रकाशले आफ्ना फोटा इंस्टाग्राममा शेयर गर्ने वित्तिकै ती फोटोलाई मानिसहरुले मन पराएका छन्। २४ घण्टामा उनको फोटोमा करिव ८ लाखले लाइक गरेका छन्।

प्रिया प्रकाशको पोस्टमा कमेन्ट गर्नेहरुले उनलाई युवराज्ञी भनेर सम्वोधन गरेका छन्। इंस्टाग्राममा प्रियाका ५१ लाख भन्दा बढी फलोअर्स छन्। प्रिया प्रकाशलाई गुगलमा सनी लिओनी भन्दा धेरै सर्च गरिएको छ।

भ्यालेन्टाइन डेको अवसरमा प्रिया प्रकाशको सानो  भिडियो इन्टरनेटमा भाइरल भएको थियो। सो भिडियोमा प्रिया एक युवकलाई आँखा झिम्क्याउँदै गरेको देखिन्छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला