पोर्नस्टारले ट्रम्पमाथि लगाएका आरोप ‘सत्य’ भएको प्रमाणित, राष्ट्रपति ट्रम्प संकटमा

ZEN Travels

एजेन्सी।

पोर्नस्टार स्टर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएका आरोप सत्य प्रमाणित भएका छन् । यससँगै राष्ट्रपतिमाथि संकटका बादल मडारिन थालेका छन् । स्टर्मीले अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसँग शारीरिक सम्बन्ध राखेको बताउँदै यो सम्बन्ध लुकाउन ट्रम्पले आफूलाई पैसा दिएको आरोप लगाएकी थिइन् ।

द वाल स्ट्रिट जर्नलले ट्रम्प र स्टर्मीबीच अवैध सम्बन्ध रहेको र अमेरिकी राष्ट्रपतिको निर्वाचनको ठिक अगाडि ट्रम्पले आफ्ना वकिलमार्फत स्टर्मीलाई पैसा दिएर आफूहरुको सम्बन्ध गोप्य राख्न भनेको दावीसहितको रिपोर्ट छापेको थियो । जर्नलमा ट्रम्पले १ लाख ३० हजार डलर दिएको दावी गरिएको थियो । तर, ट्रम्पले यी आरोप अस्वीकार गरेपछि स्टर्मी आफैंले जर्नलमा छापिएको कुरा सत्य भएको बताएकी थिइन् । उनले ट्रम्पले आफूलाई आफ्नो टेलिभिजन रियालिटी शो ‘द अप्रेन्टिक्स’मा सहभागी गराउने आश्वासन दिएको समेत बताएकी थिइन् । ट्रम्पले भने अहिलेसम्म आरोप स्वीकारेका थिएनन् ।

यही विवादका बीच स्टर्मीको ‘पोलिग्राफ टेष्ट’ गरिएको थियो । पोलिग्राफ टेष्टलाई ‘लाइ डिटेक्टर टेष्ट’ पनि भनिन्छ र यो मेसिनले कुनै व्यक्ति साँचो वा झुटो के बोल्दैछ भन्ने पत्ता लगाउँछ । यो परीक्षणमा निकै आश्चर्यजनक खुलासा भएका छन् । मिडिया रिपोर्टमा अनुसार ‘लाइ डिटेक्टर टेष्ट’मा स्टर्मीसँग ‘के उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग शारीरिक सम्बन्ध राखेकी थिइन् ?’ भनेर सोकिएको थियो । यसको जवाफमा स्टर्मीले ‘हो’ भनिन् र आश्चर्यजनक रुपमा मेसिनले उनको जवाफ ‘सत्य’ भएको बतायो ।

स्टर्मीका वकिलले समाचार एजेन्सी सीएनएनलाई बताएअनुसार डाक्टरको टिमले स्टर्मीसँग तीन प्रमुख प्रश्न सोधेका थिए । पहिलो ‘के जुलाइ २००६ मा तपाईले डोनाल्ड ट्रम्पसँग शारीरिक सम्बन्ध राख्नुभएको थियो ?’ दोस्रो, ‘के जुलाइ २००६ मा तपाइँले ट्रम्पसँग असुरक्षित यौन सम्बन्ध राख्नुभएको थियो ?’ तेस्रो ‘के ट्रम्पले तपाइँलाई टिभी शो ‘द अप्रेन्टिक्स’मा सहभागी बनाउने बताएका थिए ?’ यी तीनवटै प्रश्नको जवाफमा स्टर्मीले ‘हो’ भनिन् जसलाई लाइ डिटेक्टर मेसिनले सत्य प्रमाणित गरिदियो । परीक्षणमा उनी झुट बोलेको हुन सक्ने सम्भावना मात्रै १ प्रतिशत रहेको बताइएको छ ।

यो परीक्षणपछि राष्ट्रपति ट्रम्प संकटमा फस्न सक्ने अनुमान गरिएको छ । नतिजा आएपछि ट्रम्पका समर्थक निकै चकित परेको र उनका विरोधीहरुले पोर्नस्टार ट्रम्पको बच्चाको आमा बन्ने सक्थिन् भन्दै विरोध गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला