नेपाली चलचित्र ‘शत्रु गते’ युरोपका विभिन्न देशहरुमा प्रदर्शन हुँदै

ZEN Travels

स्विटजरल्याण्ड । गीतसंगीत तथा ट्रेलरका कारण बहुप्रतिक्षित बनेको नेपाली चलचित्र ‘शत्रु गते’ युरोपका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ । यही चैत्र ९ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्रलाई बार्सिलोनामा रहेको नेपालोना इभेन्ट्सले युरोपभरि प्रदर्शन गर्न लागेको हो ।

नेपालोना इभेन्ट्सका अनुसार चलचित्र आगामी अप्रिल १ देखी युरोपको बेल्जियम, स्पेन, जर्मनी, डेनमार्क, फनल्यान्ड, स्विजरल्याण्ड लगायत अन्य थुप्रै देशहरुमा प्रदर्शन हुने छ ।

निर्देशक प्रदिप भट्टराई निर्देशित चलचित्रमा पल शाह ,आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । किरण केसी निर्माता रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला